back
Hero Ad

गण्डकी प्रदेशको २ वर्ष पूरा : यी हुन् सरकारको ३० बुँदे उपलब्धि (सूचिसहित)

काठमाडौं । गण्डकी प्रदेश सरकार स्थापना भएको २ वर्ष पूरा हुँदैछ । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७४ फागुन ४ गते सपथ ग्रहणपश्चात प्रदेश सरकार गठन भएको थियो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारका दुई वर्षका उपलब्धि भनेर शुक्रबार ३० वटा बुँदा सार्वजनिक गरेका छन ।

मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको बुँदामा अघिल्लो आर्थिक वर्षमा निर्णय भएको प्रदेशको राजधानी र नाम तोक्न सफल भएको विषय एक नम्बरमा राखेको छ ।

प्रदेश सभाले २०७५ असार १८ गते प्रदेशको राजधानी पोखरा तोकेको थियो भने सोही वर्ष असार २२ गते प्रदेशको नाम गण्डकी राखेको थियो ।

उपलब्धिको दोस्रो बुँदामा प्रदेशले दुई वर्षको अवधिमा ३२ वटा कानुन बनाएको, ६ वटा नियमावली र २ वटा गठन आदेश स्वीकृत भएको उल्लेख छ ।

उपलब्धिको दसौं बुँदामा प्रदेशले खानी तथा खनिज, पर्वतारोहण, विद्युत, वन र जलस्रोत बापत २८ करोड ५८ लाख ८९ हजार रोयल्टी प्राप्त गरेको उल्लेख छ ।

उपलब्धिका अन्तिम बुँदामा भने नवलपुरको धौबादीमा फलाम कम्पनी सञ्चालन गर्न प्रदेशलाई ३ प्रतिशत शेयर बापत १२ करोड लगानी गरेको र संघीय सरकारलाई गण्डकी प्रदेशको शेयर १५ प्रतिशत र्पुयाएर ६० करोड शेयर लगानीका लागि नेपाल सरकारलाई अनुरोध गरेको उल्लेख छ ।

३० बुँदे उपलब्धिको सूचि हर्नका लागि यहाँ क्लिक गर्नुहोस्

वि.सं.२०७६ फागुन २ शुक्रवार १८:३५ मा प्रकाशित

You can share this post!

सोल्टी होटलको नाफामा छलाङ, यस्ता छन् वित्तीय सूचकहरु ! (विवरणसहित)

सोल्टी होटलको नाफामा छलाङ, यस्ता छन् वित्तीय सूचकहरु ! (विवरणसहित)

वि.सं.२०७९ भदौ ३ शुक्रवार १२:५३

काठमाडौं । सोल्टी होटल लिमिटेडले सवा ३० करोड बढी नाफा...

१२ प्रतिशतले बढ्यो युनाइटेड इदि मर्दीको नाफा, विद्युत बिक्रीबाट साढे १८ करोड बढी आम्दानी

१२ प्रतिशतले बढ्यो युनाइटेड इदि मर्दीको नाफा, विद्युत बिक्रीबाट साढे १८ करोड बढी आम्दानी

वि.सं.२०७९ भदौ ३ शुक्रवार १२:३५

काठमाडौं । युनाइटेड इदि मर्दी एण्ड आरवि हाइड्रोपावर कम्पनीले सवा...

राधी विद्युतले कहिलेलाई तोक्यो बुक क्लोज मिति ?

राधी विद्युतले कहिलेलाई तोक्यो बुक क्लोज मिति ?

वि.सं.२०७९ भदौ ३ शुक्रवार १२:२२

काठमाडौं । राधी विद्युत कम्पनी बुक क्लोजका लागि मिति तय...

फेरि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

फेरि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०७९ भदौ ३ शुक्रवार १२:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ...

कति देला त ग्लोबल आइएमई बैंकले लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास !

कति देला त ग्लोबल आइएमई बैंकले लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास !

वि.सं.२०७९ भदौ २ बिहीवार १७:२३

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा...

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

नेपालको जलविद्युत् र पर्यटनमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह

वि.सं.२०७९ भदौ २ बिहीवार १७:२०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले...