back
NMB ad

बैंकका कर्मचारीलाई काट्छु भन्दै जब एक युवा खुकुरी लिएर बैंक प्रवेश गरे…

Kumari bank ad

काठमाडौं । बैंकका कर्मचारीलाई नै काट्छु भन्दै खुकुरी लिएर बैंक प्रवेश गरेका एक युवा पक्राउ परेका छन । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-४ का ४४ वर्षीय गजेन्द्रराज गिरी छन्।

उनी शुक्रबार १२ बजे हेटौंडा-४ कै नेपाल बैंकको शाखामा खुकुरी लिएर प्रवेश गरेका थिए।  त्यसपछि उनले बैंकका ब्रान्च मेनेजरलाई काटछु भन्दै धम्की दिएपछि प्रहरीलाई खबर गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट असई नवीन विक्रम थापाको कमाण्डमा सादा पोशाकमा खटिएका ५ जना प्रहरीको टोलीले गिरीलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ गर्ने बेला समेत उनले प्रहरीलाई नै खुकुरी ताकेका थिए । त्यसपछि प्रहरीले पेस्तोल ताकेर गोली हान्छु भनेपछि उनले खुकुरी उज्याउन छाडेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउपछि गिरीले बैंकमा बिहीबार सुनका गहना राखेर कर्जा लिन लाग्दा सुन नक्कली होला मिल्दैन भनेपछि पख देख्लास् भन्दै बाहिरिएका थिए । त्यसको भोलिपल्ट शुक्रबार उनी सोही रिसिइबी साँध्न बा ५ च २६२५ नम्बरको गाडीमा खुकुरी हालेर बैंक पुगेका थिए ।

प्रहरीले उक्त कार खुकुरीसहित नाइनस्टिक १ थान, बेल्टको बल्क फिट भएको १ थान चक्कु बरामद गरेको छ । गिरी यसअघि पनि गत कात्तिकमा सिम टिभीको कार्यालय तोडफोडमा संलग्न भई कारबाही भएर छुटेको व्यक्ति भएको पाइएको छ ।

वि.सं.२०७६ फागुन ३ शनिवार ०७:४४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...