back
NMB ad

देशकै सबैभन्दा ठूलो कालिगण्डकी जलविद्युत आयोजना ४ दिन बन्द हुने

Kumari bank ad

काठमाण्डौ । १ सय ४४ मेगावाट क्षमताको कालिगण्डकी ए जलविद्युत आयोजना मर्मतको लागि ४ दिन बन्द हुने भएको छ ।

आज बेलुकी ९ बजेदेखि १२ गते सोमबार बिहान १० बजेसम्म उत्पादन बन्द गरेर आयोजना मर्मत गर्न लागिएको आयोजना निर्देशक पशुपतिराज गौतमले जानकारी दिनुभयो ।

यसका कारण कोहरपुरदेखि दुहवीसम्मका १ सय ३३, ६६ र ३३ केभी सबस्टेशनबाट औद्योगिक फिडरमार्फत बिजुली आपूर्ति हुने क्षेत्रमा बिजुली अनियमित हुनसक्ने आयोजनाले जनाएको छ ।

१२ गतेसम्म आयोजना पूर्ण रुपमा बन्द गरेर भल्भ मर्मत गरिने र त्यसपछि भने विद्युत उत्पादन गर्दै रनर र डाइनामोको मर्मत गरिने उहाँले जानकारी दिनुभयो ।

आयोजनाबाट अहिले सुख्खायाममा पनि औसतमा ५६ मेगावाट बिजुली उत्पादन भैरहेको छ । कालिगण्डकी आयोजना सञ्चालनमा रहेकामध्ये देशकै सबैभन्दा ठूलो आयोजना हो ।

वि.सं.२०७६ फागुन ८ बिहीवार १४:२५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...