काठमाडौं । एनएमबी बैंकको सिराहामा हुने ‘प्रोजेक्ट स्वरोजगार’ मा सहभागिताका लागि आवेदन खुला भएको छ ।
एनएमबी बैंकको दीगो विकासका लागि दीर्घकालीन उद्देश्यका साथ अवसरहरूको सिर्जना तथा प्रवर्धन गर्न सञ्चालनमा ल्याइएको सामाजिक उत्तरदायित्व अन्तर्गतको यो परियोजना प्रोजेक्ट स्वरोजगार मुख्यतः नवीनतम तथा अनुभवी उद्यमीहरूको सीप, मनस्थिति तथा क्षमता विकास गर्न आयोजना गर्न लागिएको कार्यक्रम भएको बैंकले जनाएको छ ।
सो परियोजनको डिजाइन र व्यवस्थापन एन एम बी बैंक र ग्लोकल प्रालिको साझेदारीमा गरिएको जनाइएको छ । यो परियोजना सिरहा जिल्लाका ५० जना व्यक्तिलाई प्रशिक्षण प्रदान गर्न डिजाइन गरिएको जनाइएको छ ।
तालिमका लागि उद्यमी संलग्नता, रुचि र विचारको आधारमा काम गर्ने क्षमतालाई मध्य नजर गरी सहभागीको छनोट गरिने जनाइएको छ । ४ दिने तालिममा सम्बन्धित क्षेत्रमा अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन् । तालिम निःशुल्क रूपमा ५० जनालाई प्रदान गरिने जनाइएको छ।
वि.सं.२०७६ फागुन ८ बिहीवार १७:०७ मा प्रकाशित