back
NMB ad

बूढीगण्डकी मुआव्जामा जनताको माग सम्वोधन गरेर योजनाअगाडी बढाउनु पर्छ : उपाध्यक्ष कडेल

Kumari bank ad

धादिङ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज कडेलले प्रस्तावित वुढीगण्डकी जलविद्युत आयोजनाको मुआव्जा छिमेकी जिल्ला संग एकरुपता नभएकोमा धादिङ जिल्लावासीले चित्त दुखाएको बताउनुभएको छ ।

गृह जिल्लाको उद्योग वाणिज्य संघले आयोजना गरेको सातौं उद्योग ,कृषि तथा पर्यटन महोत्सवमा जिल्लावासी किसानहरुले प्रदर्शनीमा राखेका कृषि उत्पादनमा उत्कृष्ठ किसानहरुलाई पुरस्कृत गर्दै उपाध्यक्ष कडेलले –‘ स्थानीयले मुआव्जामा चित्त नवुझाएका कारण वुढीगण्डकी आयोजना अलमल भए पनि यसै आर्थिक वर्षमा मुआव्जा विवाद समाधान भै योजना अगाडी वढने लक्ष्य रहेको बताउनुभयो । ’

जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको ७ औं धादिङ महोत्सवमा कृषि प्रदर्शनीमा भाग लिएर पुरस्कृत किसानहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।

उपाध्यक्ष कडेलले वाग्मती बागमती प्रदेशका नागरिकको सरदर वार्षिकआय १९ सय डलर , कर्णालीका जनताको वार्षिक आय ६ सय ३७ डलर भएको र राजधानी नजिकै भएर पनि धादिङ जिल्लाका नागरिकको प्रतिव्यक्ति आय ६ सय ३० डलर मात्रै भएको आर्थिक समृद्धिका लागी उत्पादन र सडक निर्माणमै जोड दिएको जानकारी गराउनुभयो ।उपाध्यक्ष कडेलले जिल्लाका ३ गाउंपालिकाले कुनै पनि योजना माग्न समेत नआएको बताउनुभयो ।

कृषि मेलामा जिल्लाका २ सय ५४ जना किसानहरुले भाग लिएर नगदेवाली, तरकारीवाली, फलफुल खेती, अन्नवाली, माछापालन लगायतका ४३ जना किसानहरु पुरस्कृत भएका थिए ।

वि.सं.२०७६ फागुन ११ आइतवार ०६:३५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...