back
NMB ad

बागमती प्रदेश : ३० वटा विद्युतीय बस खरिद गर्न ‘ग्लोबल टेण्डर’ आह्वान गर्दै

Kumari bank ad

हेटौँडा ।  काठमाडौं  रुटमा ६ वटा र काठमाण्डौ उपत्यकामा २४ वटा बस सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ ।  काठमाडौं उपत्यका र आसपासका जिल्लामा २४ वटा सीटी बस सञ्चालन गर्न लागिएको संयोजक निरौलाले जानकारी दिनुभयो ।

बागमती प्रदेशले विद्युतीय बस खरिदका लागि चालु आर्थिक वर्षमा भने छुट्टै बजेटको व्यवस्था गरेको छैन । तर चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले बस खरिदका लागि १० करोड रुपैयाँ खर्च गर्नसक्ने छ । यो रकम विद्युतीय बस खरिद गर्नका लागि भनेर किटान गरेर राखिएको बजेट भने होइन ।

खरिद सहजीकरण समितिका संयोजक दिपक निरौलाले भन्नुभयो, ‘अर्थ मन्त्रालयसँगको सहकार्यमा रकम जम्मा गर्ने तयारी गरिएको छ । अहिले ग्लोबल टेण्डर गर्न पुग्दो रकम प्रदेश सरकारसँग छैन ।

प्रदेश सरकारले अन्य शीर्षकबाट रकमान्तर गरेर मात्र बस खरिद गर्न सक्छ । सरकारले बस खरिद गर्दा रकमको सुनिश्चितता नभइकन टेण्डर गर्न नपाइने कानुनी व्यवस्था रहेको छ ।

चार्जिङ स्टेशन निर्माणमा अन्योलता

विद्युतीय बस खरिद गर्ने अन्तिम तयारी गरिरहँदा चार्जिङ स्टेशन कहाँ निर्माण गर्ने भन्ने विषयमा अन्योलता कायमै छ । चार्जिङ स्टेशन निर्माण गर्न विद्युत प्राधिकरण, सङ्घीय सरकार र प्रदेश सरकारको समन्वयमा मात्र निर्माण गर्न सकिन्छ ।

बस समयमै नेपाल भित्रिए चार्जिङ स्टेशनबिना त्यसै थन्कने देखिन्छ । तर यसको सबै तयारी भएको समितिका संयोजक निरौला बताउनुहुन्छ । चार्जिङ स्टेशन हेटौँडा उपमहानगरपालिका, भरतपुर, धादिङ र काठमाडौंमा निर्माण गर्न लागिएको छ ।

बस खरिदका लागि तीन मन्त्रालय एक जुट

बस खरिदका लागि तीन मन्त्रालय एक जुट भएका छन् । प्रदेशको मुख्यमन्त्री कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तिम तयारीमा छन् ।

वि.सं.२०७६ फागुन १३ मंगलवार ०७:०३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...