back
NMB ad

सबै निकायका संरचना र दरबन्दी पुनरावलोकन हुने

Kumari bank ad

काठमाडौं । सरकारले सबै निकायका संगठन संरचना र दरबन्दी पुनरावलोकन गर्ने भएको छ । कर्मचारी समायोजनपूर्व निर्धारण गरिएको संगठन संरचना र दरबन्दी वस्तुनिष्ठ नभएको भन्दै सरकारले दरबन्दी पुनरावलोकन थालेको हो ।

सरकारका विभिन्न मन्त्रालय र माताहतका निकायको संगठन संरचना र दरबन्दी व्यवहारिक नभएको भन्दै सरकारले संगठन संरचना र दरबन्दी पुनरावलोकन गर्नका लगि संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने भएको छ। कर्मचारीतन्त्रलाई व्यवस्थित बनाउन भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्य्विधि तयार पारि मन्त्रिपरिषद्मा पठाएको छ ।

यसअघि २०७४ सालमा कर्मचारी समायोजनपूर्व संगठन संरचना र दरवन्दी निर्धारण गर्दा हतार भएको, संघीय सरकारअन्र्तगत रहने संगठन तथा दरबन्दी अपेक्षित रूपमा वस्तुनिष्ठ र वैज्ञानिक बनाउन नसकिएकाले पुनरावलोकन थालिएको मन्त्रालयले जनाएको छ ।

अब यो कार्यविधि पारित भएसँगै संघीय सरकार माताहतका निकायलाई जिम्मेवार बनाउने, श्रेणी तह र संगठनविच तालमेल ल्याउने, अनावश्यक कार्यालय र कर्मचारी दरबन्दी कटौती गर्ने, प्रशासनिक खर्च कटौती गर्नेलगायतका काम हुनेछन् ।

जसमा कर्मचारीले हप्तामा ४० घन्टा काम गर्नुपर्ने र ४० घन्टा कार्यवोझ देखिएमा मात्रै दरबन्दी थप हुनेसमेत कार्यविधिमा उल्लेख गरिएको नागरिक दैनिकमा समाचार छ ।

वि.सं.२०७६ फागुन १३ मंगलवार ०७:१७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...