back
NMB ad

सप्तकाेशी नदीमा फेरि जेटबाेट सञ्चालन

Kumari bank ad

भोजपुर । स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित जेटबोट (पानी जहाज) फेरि सञ्चालनमा आएको छ ।

स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो । सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्स्पोर्टेशन प्रालीका सञ्चालक राजेन्द्र कार्कीका अनुसार नयाँ सहमतिअनुसार चतराबाट धनकुटाको साँघुरीगढी गाउँपालिकाको सङ्खुवासम्मको भाडा तीन सयबाट घटाएर दुई सय ५० कायम गरिएको छ ।

त्यस्तै चतराबाट शहीदभूमि गाउँपालिकाको त्रिवेणीसम्मको भाडा तीन सय ५० बाट तीन सय, चतराबाट हुतवागढी ९ हसनपुरको सिम्लेरहलेदे नदी किनार आसपासका स्थानीयको भाडा चार सय कायम गरिएको छ । अन्य क्षेत्रबाट आउने यात्रुको भाडा भने पहिलाकै यथावत् राखिएको छ ।

स्थानीयवासीले विभिन्न माग राख्दै जेटबोट सञ्चालनमा अवरोध गरेपछि झण्डै एक हप्तादेखि सेवा बन्द भएको थियो । स्थानीयवासीसँग सहमति भएपछि गएको सोमबारबाट नियमित सेवा सञ्चालनमा आएको हो ।

सप्तकोशी नदीमा चार वटा कम्पनीका सात वटा जेटबोट सञ्चालनमा छन् । यो ठाउँमा बिहान ७ बजेबाट साँझ ५ बजेसम्म प्रहरी चेक पोस्ट रहने सहमतिसमेत भएको छ । रासस

वि.सं.२०७६ फागुन १५ बिहीवार १०:१० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...