back
NMB ad

शेयर बजार अपडेट : ३८.०२ अंकले बढ्यो नेप्से, नेपाल लाइफ र एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार

Kumari bank ad

काठमाडौं । बिहीवार नेप्से कारोबार भएको दोस्रो घण्टामा ३८ दशमलव शून्य २ अंकले बढेर १ हजार ६३४ दशमलव १५ विन्दुमा पुगेको छ ।

१ हजार ५९७ दशमलव २४ विन्दुबाट शुरु भएको परिसूचक कारोबार शुरु भएकोे ७ मिनेटमा घटेर १ हजार ५५८ दशमलव ६५ विन्दुसम्म पुगेको थियो । सो पछि उकालो लागेको नेप्से कारोबारको यस अवधिमा २ दशमलव ३८ प्रतिशत बढेको हो ।

यस अवधिसम्म कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये बैंकिङ, विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ भने बाँकी ८ समूहको परिसूचक घटेको छ । दोस्रो घण्टाको कारोबारमा १७६ ओटा कम्पनीको रू. २ अर्ब ३१ करोड बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १६ करोड ६८ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा कम्पनीको शेयर मूल्य रू. १ हजार ४७२ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा दोस्रोमा एनआईसी एशिया बैंकको रू. १० करोड ५६ लाख बराबरको शेयर कारोबार भएको छ । सो समयमा बैंकको शेयर मूल्य रू. ६२६ रहेको छ ।

वि.सं.२०७६ फागुन १५ बिहीवार १३:०२ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...