back
NMB ad

नयाँ अर्थमन्त्री आउने हल्लाले मात्र एकाएक चम्किएको होइन शेयर बजार !

Kumari bank ad

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाको ठाउँमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने विषयलाई लिएर सत्तारुढ दलभित्रको चर्किएको विवादले बिहीबारको सेयर बजारलाई खासै प्रभावित गरेन ।

बिहीबार सेयर बजारले नयाँ उचाइ लिएको छ। कारोबार अंकमा नयाँ रेकर्ड कायम भएको छ भने नेप्से परिसूचकमा उछाल कायम नै छ । साताको अन्तिम दिन बजारमा ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । यो अहिलेसम्मकै उच्च अंक हो । बुधबार ४ अर्ब १५ करोडको सेयर कारोबार भएको थियो ।

बजारमा दिनभर निकै उतारचढाप देखिए पनि अन्तत : बजारले छलाङ मारेको छ। नेप्से सूचक ३६.०५ अंकले बढेर १६३२.१७ विन्दुमा आइपुगेको छ । १८० कम्पनीको ४ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

वामदेवलाई राष्ट्रियसभा पठाउने तयारी र निर्णयपछि युवराज अर्थमन्त्री हट्ने र नयाँ अर्थमन्त्री आउने आशमा लगानीकर्ताहरु उत्साहित हुँदा बजार चम्किएको विश्लेषण गरिए पनि बजार वृद्धिको कारण त्यो मात्र नभएको बिहीबारको कारोबार अंक र परिसूचकले देखाएको छ ।

बजारमा स्वभाविक रुपमा सुधारको कोर्समा अघि बढेकोले राजनीतिक घटनाक्रमले यसको गति अब खासै प्रभावित नहुने लगानीकर्ताहरु बताउँछन् ।

लामो समयदेखि सुस्ताएको सेयर बजार दुई हप्तादेखि एकाएक चम्किएको हो। सेयर बजार सुधारका लागि नीतिगत, प्राविधिक तथा मनोवैज्ञानिक हिसाबले भइरहेका प्रयासको सकारात्मक प्रभावमा बजारमा देखिएको छ ।

वि.सं.२०७६ फागुन १५ बिहीवार १५:५६ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...