काठमाडौं । एनएमबि बैंकले रोल्पाको माडीमा आफ्नो १६४औं शाखा सञ्चालनमा ल्याएको छ । शाखाको ऊर्जामन्त्री वर्षमान पुन र बैंकका अध्यक्ष पवनकुमार गोल्याणले उद्घाटन गर्नुभयो ।
२४ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको बैंकले नवीनतम् सेवा तथा सुविधाबाट ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्ने उद्देश्यका साथ शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकले १६४ शाखा, १३१ वटा एटीएमसहित अन्य बैकल्पिक वितरण प्रणालीेसमेतको माध्यमबाट ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
वि.सं.२०७६ फागुन १५ बिहीवार १६:४७ मा प्रकाशित