back
NMB ad

प्रदेश मातहतका सबै अस्पतालमा कोरोना वार्ड

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश सरकारले चीनको सीमावर्ती क्षेत्रमा स्वास्थ्य परीक्षण गर्ने विशेष व्यबस्थासहित प्रदेशमातहत सबै अस्पतालमा कोरोना वार्ड स्थापना गरी शंकास्पद् बिरामी आए अलग राखेर उपचार गर्ने गरी तयारी गरेको छ ।

कोरोनाको संक्रमण भित्रन र फैलिन नदिन सचेत रहँदै प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत् सचेतना फैलाउने कार्य पनि गरिरहेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिलसहित यस्तो जानकारी दिनुभएको हो ।

सामाजिक सञ्जालमार्फत् सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले कोरोना भाइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको उल्लेख गर्नुभएको छ ।

पौडेलले सन्देशमार्फत् छिमेकी मित्रराष्ट्र चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले त्यहाँ पु¥याएको मानवीय क्षति तथा अर्थतन्त्रमा परेको असरप्रति दुःख व्यक्त गर्नुभएको छ ।

‘यो संवेदनशील तथा दुःखद् घडीमा सिंगो नेपाल सरकारसँगै प्रदेश सरकारसमेत भाइरससँग लडिरहेको चीनसँग सदैंव साथ छ, त्यहाँ रहेका नेपाली नागरिकमा सावधानी अपनाउन अनुरोध गर्दछु,’ पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ ।

उहाँले सन्देशमा भन्नुभएको छ–कोरोना भाइरस हाल नेपालीको अत्यधिक उपस्थिति रहेको मित्रराष्ट्र दक्षिण कोरियामा समेत फैलिएको खबरले चिन्तित तुल्याएको छ ।

हाल यो भाइरस संसारका ५० भन्दाबढी देशमा फैलिरहेको यथार्थबाट हामी जहाँ रहे पनि अत्यन्त सावधान र सजग हुनु जरुरी छ । यस्तो अबस्थामा ती देशमा रहेका नेपाली नागरिकलाई महामारीबाट जोगिन अपनाउनुपर्ने सबै प्रकारका सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछु।

‘यस्तो अबस्थामा स्वदेश र विदेशमा रहेका नेपालीलाई स्वास्थ्यप्रतिकूल हुने कुनै क्रियाकलाप नगर्न तथा स्वास्थ्यप्रति संवेदनशील हुन हार्दिक अपिल गर्दछु,’ उहाँले सुझाउनुभएको छ–कोरोनाबाट बच्न हात मिलाउने, अंकमाल गर्ने, जुठो चिजबिज आदानप्रदान गरेर खाने, काँचो तथा नपाकेका खानाखाने लगायत चिकित्सकले बर्जित गरेका क्रियाकलापहरु नगरौं । मास्क लगाउने, भीडसँग दुरी बनाएर बस्ने तथा माछामासु जस्ता चिजलाई राम्ररी पकाएरमात्र खाने गरौं ।

यदि आफूलाई रुघाखोकी, ज्वरो आदि आए अनिवार्यरुपमा मास्क लगाउँ र स्वास्थ्य केन्द्रमा जचाउन जाउँ । मुख्यमन्त्री पौडेलले कोरोना भाइरसले कुनै पनि सीमा, जात र जातीयताको फरक नछुट्याउने र मुलुकको जीडीपी र विकासको स्तर पनि हेर्ने नभएकाले सबै मुलुकले निकै सतर्कता अपनाउनुपर्ने विश्व स्वास्थ्य संगठनले जनाएको उल्लेख गर्नुभएको छ ।

वि.सं.२०७६ फागुन १७ शनिवार २०:५४ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...