काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याल नियुक्त हुनुभएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकष्मिक बैठकले अर्याललाई समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको बताइएको छ ।
नेकपा निकट अर्याल प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष समेत हुनुहुन्छ । श्रमजीवी पत्रकारका लागि पारिश्रमिक निर्धारण गर्न गठित समितिको अध्यक्षको भूमिकामा यसअघि गंगाधर पराजुली हुनुहुन्थ्यो ।
वि.सं.२०७६ फागुन १९ सोमवार ११:०१ मा प्रकाशित