back
NMB ad

खतिवडा अर्थमन्‍त्रीमा पुन: नियुक्त, आज ४ बजे सपथ

Kumari bank ad

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडा आज पुनः नियुक्ति हुुनुभएको छ । राष्ट्रिय सभाको दुई वर्षे पदावधी सकिएपछि मंगलबार राजीनामा दिएका खतिवडालाई पुनः सोही पदमा नियुक्त हुनुभएको हो ।

उहाँ गैह सांसदका रुपमा आज मन्त्री बन्न लाग्नुभएको हो । संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बन्न लाग्नुभएको हो ।

त्यसका लागि आज दिउँसो ४ बजे राष्टपति भवन शित्तल निवासमा उहाँको सपथको तयारी सुरु भएको छ । उहाँ गैह्र सांसदबाट मन्त्री बन्ने पहिलो व्यक्ति बन्नुहुनेछ । ६ महिनाभित्र उहाँ संघीय संसद अन्तरगतको प्रतिनिधी सभा तथा राष्ट्रिय सभामध्ये कुनै एकमा सांसद नबने उहाँको पद स्वतः समाप्त हुने छ ।

संविधानको यही व्यवस्था अनुसार उहाँलाई मन्त्री पदमा नियुक्त गरिएको पत्र प्रधानमन्त्री केपी ओलीले आफ्नो मृगौला पूनः प्रत्यारोपण सुरु गुर्न अगाडि नै बुधबार बिहान राष्ट्रपति कार्यालयमा पठाइसकेको स्रोतको भनाइ छ ।

राष्ट्रिय सभाका दुई वर्षे कार्यकाल हिजो सकिएपछि उहाँले हिजो नै प्रधानमन्त्री केपी ओलीलाई अस्पतालमा भेटेर राजीनामा बुझाउनुभएको थियो ।

वि.सं.२०७६ फागुन २१ बुधवार १०:१३ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...