back
NMB ad

निजामती सेवामा दोब्बरले बढ्यो महिला प्रतिनिधित्व

Kumari bank ad

काठमाडौं । नौ वर्षको अवधिमा निजामती सेवामा महिलाको प्रतिनिधित्व झन्डै दोब्बरले बढेको छ । निजामती किताबखानाबाट प्राप्त तथ्यांकअनुसार निजामती सेवामा आर्थिक वर्ष ०६७र६८ मा १३ दशमलव ८४ प्रतिशत रहेको महिला प्रतिनिधित्व अहिले २५ दशमलव ७६ प्रतिशत पुगेको छ ।

किताबखानाका अनुसार आव ०६७र६८ मा निजामती सेवामा कार्यरत ६७ हजार ७५ कर्मचारीमध्ये १० हजार सात सय ७३ महिला थिए । हाल कुल ८६ हजार आठ सय कर्मचारीमध्ये २२ हजार तीन सय ५९ कर्मचारी महिला छन । यस अवधिमा निजामती सेवामा महिला प्रतिनिधित्व ११ दशमलव ९२ प्रतिशतले बढेको छ ।

खासगरी, समावेशिताको व्यवस्था भएदेखि महिला निजामती सेवामा महिलाको प्रतिनिधित्व बढेको हो । राज्य सञ्चालनमा महिलाको प्रतिनिधित्व बढाउने उद्देश्यले तत्कालीन सरकारले ०६४ मा समावेशिताको व्यवस्था गरेको थियो ।

सोहीअनुसार आव ०६६र६७ देखि निजामती सेवामा समावेशिताको व्यवस्था लागू भएको थियो । जसले खुला प्रतियोगिताद्वारा पूर्ति हुने ४५ प्रतिशतमध्ये ३३ प्रतिशत कोटा महिलाका लागि सुरक्षित गरेको थियो ।

निजामती सेवामा महिलाको प्रतिनिधित्व बढे पनि नेतृत्व तहमा भने महिलाको प्रतिनिधित्व अत्यन्त कमजोर छ । निजामती सेवाको सर्वोच्च पद सचिव (विशिष्ट श्रेणी)मा पुग्ने महिलाको संख्या निकै कम छ । आर्थिक वर्ष ०६७र६८ मा चारजना महिला विशिष्ट श्रेणीमा पुग्न सफल भए ।

हाल ६९ जना विशिष्ट श्रेणीको दरबन्दीमा तीनजना महिला मात्र छन । जसमा यामकुमारी खतिवडा (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय), देवकुमारी गुरागाईं (निर्वाचन आयोग) र राममाया कुँवर (महालेखापरीक्षक कार्यालय) मात्र विशिष्ट श्रेणीमा कार्यरत छन ।नयाँ पत्रिका दैनिकमा समाचार छ ।

वि.सं.२०७६ फागुन २५ आइतवार ०७:४९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...