back
NMB ad

जलविद्युत् कम्पनीको शेयरमा घट्दो आकर्षण : १५ कम्पनीको शेयर मूल्य अंकित मूल्यभन्दा कम

Kumari bank ad

काठमाडौं । कुनै समयमा शेयरबजारका लगानीकर्ताको पहिलो रोजाइमा रहेको जलविद्युत् कम्पनीको शेयरमा पछिल्लो समय आकर्षण घट्दै गएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ३३ जलविद्युत् कम्पनीमध्ये १५ कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम रहेको छ ।
प्राथमिक बजारमा रू. १०० मा यी कम्पनीको शेयर किनेका लगानीकर्ताले सो मूल्यभन्दा पनि कममा कारोबार गर्नुपर्ने अवस्था आएको छ ।
पछिल्लो समयको कारोबारलाई आधार मान्दा अंकित मूल्यभन्दा कम मूल्य भएका कम्पनीमध्ये सबैभन्दा कम शेयरमूल्य आँखुखोला जलविद्युत् कम्पनीको छ । फागुन २२ गते यस कम्पनीको अन्तिम शेयरमूल्य रू. ५३ कायम भएको हो ।
अहिले आँखुखोलाको प्रतिशेयर आम्दानी रू. १ दशमलव १४ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ७२ दशमलव २९ छ ।
यस आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय अवस्थालाई हेर्दा कम्पनी रू. ९१ लाख ५४ हजार घाटामा छ । यद्यपि यस वर्ष कम्पनीले रू. १२ करोड २७ लाखभन्दा बढी आम्दानी गरेको छ । तर, सञ्चालन नाफा गतवर्षभन्दा कम भएकाले कम्पनीले घाटा बेहोर्नु परेको हो । गतवर्ष रू. ७ करोड २१ लाख सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ५ करोड ८४ लाखमात्र सञ्चालन नाफा छ ।
लगानीकर्ताले कम्पनीको आधारभूत तथा प्राविधिक पक्षलाई ध्यान दिएर लगानी गर्ने भएकाले आँखुखोलाले भविष्यमा आकर्षक प्रतिफल दिनसक्ने सम्भावना कम देखेरै यस कम्पनीको शेयरमा आकर्षण कम भएको हो ।
यद्यपी राम्रै नाफा आर्जन गरेका जलविद्युत् कम्पनीहरूको शेयरमूल्य पनि अंकित मूल्यभन्दा कम देखिएको छ । प्रतिशेयर आम्दानी रू. ७ दशमलव शून्य ७ रहेको अरूणभ्याली हाइड्रोपावर कम्पनीले यस वर्षको दोस्रो त्रैमासमा रू. ३ करोड ३० लाखभन्दा बढी नाफा आर्जन गरेको छ ।
यस कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १११ दशमलव ८६ छ । यस कम्पनीको वित्तीय अवस्थालाई हेर्दा अंकित मूल्यभन्दा कम मूल्य कायम हुनुपर्ने स्थिति नदेखिए पनि गत बिहीवार यो कम्पनीको शेयरमूल्य रू. ९८ कायम भएको छ । अरुणभ्यालीसँगै छ्याङ्दी हाइड्रो, वरुण हाइड्रो, नेशनल हाइड्रो, रैराङ हाइड्रो, रिडी हाइड्रो, युनियन हाइड्रो तथा युनिभर्सल पावर पनि नाफा आर्जन गरेका कम्पनीको सूचीमा पर्छन् । तर, यी कम्पनीको शेयरमूल्य अंकितमूल्यभन्दा तल रहेको छ ।
शेयरधनी दुर्गा तिवारीले जलविद्युत् कम्पनीको शेयर मूल्य अंकित मूल्यभन्दा तल झर्नुमा नियमनकारी निकायको प्रभावकारी नियमन नहुनु कारण रहेको बताउँछिन् ।
तोकिएको समयमा आयोजना निर्माण सम्पन्न नहुँदा समय र लागत बढ्ने भएकाले पनि जलविद्युतका शेयरप्रति लगानीकर्ताको आकर्षण कम हँुदै गएको उनको भनाइ छ ।
साथै, विद्युत् उत्पादन गर्नुअगावै साधारण शेयर जारी गर्ने तर लामो समय लाभांश दिन नसक्दा पनि जलविद्युत् कम्पनीहरू लगानीकर्ताको रोजाइबाट पर हुँदै गएको तिवारीको भनाइ छ ।
पहिला अरूको भरमा शेयर कारोबार गर्नेहरू अहिले आफूले अध्ययन गरेर मात्र लगानी गर्ने गरेकाले पनि जलविद्युत् क्षेत्रका केही कम्पनीको शेयरमूल्य घटेको अनुमान शेयरधनी डम्बरूवल्लभ घिमिरेको छ ।
‘कम्पनीको सबै पक्षसँग शेयरमूल्य जोडिएकाले कम्पनीको वित्तीयदेखि व्यवस्थापकिय अवस्थाले यसलाई प्रभाव पार्ने गर्छ । यसर्थ यति बुझ्नुस् जुन कम्पनीहरूको शेयरमूल्य अंकितमूल्यभन्दा कम छ ती कम्पनीहरूका यस्तै कुराहरूले मूल्यलाई असर गरेको छ,’ घिमिरेले बताए ।
लगानीकर्ताले कमजोर रेटिङ पाएका जलविद्युत् कम्पनीहरूको आईपीओ निष्कासनमा रोक लगाउन नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन् । आम लगानीकर्ताको लगानी सुरक्षित गर्न ३५ वर्षे लाइसेन्स अवधि बढाएर ५० वर्ष र्पुयाउन पहल गर्न समेत विद्युत् नियमन आयोगसमक्ष उनिहरूले अनुरोध गरेका छन् । आर्थिक अभियान दैनिकमा समाचर छ ।

वि.सं.२०७६ फागुन २५ आइतवार ०८:२५ मा प्रकाशित

You can share this post!

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:०८

रामबहादुर थापा गण्डकी, ७ वैशाखः पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा...