back
NMB ad

नेप्सेमा १२ करोड ७९ लाखभन्दा बढी कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कति ? (सूचिसहित)

Kumari bank ad

काठमाडौं । माघ महीनामा मात्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १२ करोड ७९ लाख ८० हजार ७९० दशमलव ७ कित्ता शेयर थपिएको छ । ग्लोबल र जनता बैंक मर्जरपछिको शेयरसहित नेप्सेमा उक्त कित्ता शेयर थपिएको हो ।

यस अवधिमा सबैभन्दा बढी शेयर ग्लोबल आईएमई बैंकको मर्जरपछिको शेयर सूचीकृत भएको हो । ग्लोबलले मर्जरपछिको ७ करोड २० लाख ८७ हजार ८१ दशमलव १८ कित्ता शेयर माघ १ गते नेप्सेमा सूचिकृत गराएको थियो । हाल यस कम्पनीको शेयरमूल्य रू. २८६ कायम भएको छ ।

माघ महीनामा दुई कम्पनीको ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा ऋणपत्रको पनि कारोबार शुरू भएको अवस्थामा प्र्रभु बैंकले १० लाख कित्ता र सन्राइज बैंकले ३० लाख कित्ता ऋणपत्र सूचीकृत गराएका हुन् । प्रभु बैंकको ऋणपत्र माघ ६ गते नेप्सेमा सूचीकृत भएको हो ।

सनराइज बैंकले भने माघ ७ गते ऋणपत्र सूचीकृत गराएको हो । हाल ऋणपत्रको कारोबार फाट्टफुट्ट भए पनि यसको मूल्य निर्धारण प्रक्रियाका विषयमा स्पष्ट आधार तयार गर्ने काममा नेप्से जुटेको छ । ऋणपत्रको बजार विस्तारका लागि चाँडै नै आधार तयार गर्ने नेप्सेले जानकारी दिएको छ ।

यो महीनामा सूचीकृत हुने अधिकांश शेयर बोनस शेयर रहेका छन् । ग्लोबलको मर्जर, प्रभु र सनराइजको ऋणपत्र तथा सिर्जना फाइनान्सको हकप्रद शेयर बाहेक अन्य कम्पनीको शेयर भने बोनस शेयर छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीहरूले वितरण गरेको बोनस शेयर कारोबार योग्य बनाउन नेप्सेमा सूचीकृत गराएका हुन् । समाचार स्रोत :आर्थिक अभियान दैनिक

कुन कम्पनीको कति ? 

वि.सं.२०७६ फागुन २५ आइतवार १०:४७ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...