back
NMB ad

सिलिन्डरको जोहो गर्न थालेपछि ग्यासको माग बढ्यो

Kumari bank ad

काठमाडौं । विश्वमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि नेपालमा एलपी ग्यासको माग बढेको छ । उपभोक्ताले घरमा खाली रहेका सिलिन्डर भर्नुका साथै नयाँ सिलिन्डरको जोहो गर्न थालेपछि माग बढेको नेपाल आयल निगमले जनाएको छ ।

हरेक घरमा दुई/चारवटा सिलिन्डर मौजुदा राख्ने थालेपछि माग बढेको निगमको दाबी छ । सिलिन्डर बढी खपत भएपछि निगमले बजारमा एलपी ग्यासको अभाव नभएको सूचना सोमबार जारी गरेको छ । ग्यासको नियमित ढुवानी तथा बिक्री वितरण भइरहेको भन्दै खुद्रा बिक्रेतालाई कृत्रिम अभाव सिर्जना नगर्न पनि निगमले आग्रह गरेको छ ।

कोरोना भाइरसका कारण बजारमा माग बढे पनि आपूर्ति तथा वितरण मागअनुसार भइरहेको निगमले जनाएको छ । मासिक ३८ हजार मेट्रिक टन एलपी ग्यास खपत हुँदै आएकामा हाल ४५ हजार मेट्रिक टन आपूर्ति गरिएको छ ।

आवश्यक भए आपूर्ति बढाउन सकिने भएकाले ग्यासको अभाव नरहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, कोरोना भाइरसको त्रासले मान्छेले ‘एक्स्ट्रा सिलिन्डर’ थप गर्दा अलिकति असहज भएको हो तर मागअनुसारको आपूर्ति गरिसकेका छौँ, बिक्रीवितरण पनि भइरहेको छ, बजारमा ग्यास छ ।

माग बढेपछि निगमले सार्वजनिक बिदाका दिनमा पनि भारतबाट ग्यास आपूर्ति गरेको छ । आइतबार मात्रै ५० वटा ग्याँस बुलेट आपूर्ति गरिएको पौडेलले जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

वि.सं.२०७६ फागुन २७ मंगलवार ०८:४५ मा प्रकाशित

You can share this post!

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद : आयोगका सदस्यलाई शपथ   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:३०

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादका सम्बन्धमा छानबिन...

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०६:२६

काठमाडौँ : सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई...