back
NMB ad

बिहीबारबाट एकीकृत कारोबार सुरु गर्दै यी दुई बैंक, भोलि सम्पूर्ण कारोबार बन्द

Kumari bank ad

काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गरी २९ फागुन बिहीबारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।कैलाशलाई गाभेपछि प्राइम कमर्सियल बैंकको नाममा एकीकृत कारोबार हुनेछ ।

गत असार २० गते प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको थियो । यस्तै गत पुस २५ गते छुट्टाछुट्टै सम्पन्न भएको दुवै बैंकको साधारण सभाले प्राइमले कैलाशलाई प्राप्त गर्ने विशेष प्रस्ताव पारित गरेका थिए ।

दुवै बैंकले पारित गरेको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले यही फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २१ गते स्वीकृति दिएको थियो ।

२९ गतेबाट एकीकृत कारोबार सुरु गर्नका लागि भोलि २८ गते बुधबार दुवै बैंकको बैंकिङ, एटीएम, एसएमएस, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग लगायतका सेवा बन्द रहने बैंकले जनाएको छ ।

मर्जरपश्चात् बन्ने बैंकको केन्द्रीय कार्यालय साविकको प्राइम कमर्सियल बैंकको केन्द्रीय कार्यालय नै रहनेछ भने प्रमुख कार्यकारी अधिकृत पनि प्राइमकै नारायणदाश मानन्धर रहनेछन् ।

वि.सं.२०७६ फागुन २७ मंगलवार १४:०१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...