back
NMB ad

यसरी बनाइँदै छ ‘कर्णाली’ मा पिच रोड

Kumari bank ad

सिन्धुपाल्चोक । कालोपत्रे सडक त धेरै टाढा,धुले सडकसम्म देख्न नपाएका जुगलबासीले अबको केही वर्षपछि सफा र फराकिलो मात्रै होइन कालोपत्रे सडकमा यात्रा गर्न पाउँने भएका छन् ।

सिन्धुपाल्चोकको ‘कर्णाली’ उपमा पाएको जुगल गाउँपालिकामा स्थानीय सरकारको अग्रसरतामा सडक फराकिलो मात्रै होइन कालोपत्रे समेत सुरु गरिएपछि बर्षेदेखिको यस क्षेत्रको सडक सपना पुरा हुदै गएको छ ।

गाढी चढ्नका लागि मात्रै होइन,सडक देख्नका लागि पनि गाउँबाट दुइ दिनको पैदल यात्रापछि मात्रै सडक देख्न र गाढी चढ्न पाउँने जुगल क्षेत्रका स्थानीयको आफ्नै घर छेउमा सफा,फराकिलो र कालोपत्रे सडक निर्माण हुदै गएपछि स्थानायी हर्षित भएका छन् ।

केन्द्र,प्रदेश र स्थानीय सरकारको सहयोगमा जुगल गाउँपालिकाको सबै वडामा यतिबेला धमाधम सडकहरु फराकिलो गरेर निर्माण सुरुवात भएपछि जुगल गाउँपालिकाका स्थानीय खुसी छन् ।

जुगल गाउँपालिकाको पहलमा प्रदेश सरकारले गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक फराकिलो र कालोपत्रे बनाउनका लागि गत वर्ष ५४ करोड ६० लाख रुपियाँ विनियोजन गरेपछि जुगलमा सडक सपनाको सुरुवात भएको गाउँपालिका अध्यक्ष एवम गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

विकासको ढोका खुल्यो

अब सडकको मात्रै होइन यस क्षेत्रको समग्र विकासको ढोका खोलीएको छ,विकासको पहिलो आधार सडक नै हो,त्यसैले केही वर्ष भित्र वडासम्म पुग्ने सबै सडक कालोपत्रे हुन्छ अध्यक्ष श्रेष्ठले भने ।

जलविरेलाई जिरो मानेर सुरु भएको साढे १० किलोमिटर सडक भने यही वर्ष कालोपत्रे गरेर सक्ने योजनाका साथ निर्माण व्यावसायीहरुले धमाधम काम गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

जुगल गाउँपालिका ३ गुम्बा मा रहेको हेर्दे डरलाग्दो र असम्भव झै लाग्ने निमाडोलको भिर छोडेर बस्ती सम्म सडक लैजानको लागि अहिले तिव्र गतिमा काम भइरहेको छ । हामी यही वर्ष भित्र तेम्बाथान सम्म सडक लैजानका लागि टेण्डर प्रक्रिया बाट निर्माण व्यावसायी समेत छनोट गरिसकेका छौ अध्यक्ष श्रेष्ठले भने ।

एकदिनमै काठमाडौंवाट जुगल हिमाल

तेम्बाथान सम्म सडक पगेपछि राजधानीबाट सबैभन्दा नजिकै रहेको जुगल हिमालको बेसक्याम्पमा एक दिनमा नै पुग्न सकिने अध्यक्ष श्रेष्ठले बताए । अहिले जुगल हिमालको बेसक्याम्प सम्म पुग्न तिन दिन लाग्छ । सडक पुग्दा जुगल हिमालसम्म पुग्नका लागि धेरै सजिलो हुने अध्यक्ष श्रेष्ठको भनाई थियो ।

गाउँपालिकाको केन्द्र सम्म होइन नेपालकै अन्तिम मानवबस्ती भएको तेम्बाथान सम्म पनि गाउँपालिकाले सडक लैजानका लागि धमाधम काम गरिरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

बलेफी गाउँपालिकाको जलविरे सम्म र जुगल गाउँपालिकाको जलविरे देखि ढाडे हुदै १२ किलोमिटर सडक यही आर्थिक वर्षमा कालोपत्रे सम्पन्न हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । संघीय सरकारबाट बलेफी देखि ढाँडेसम्मको सडकलाई बैकल्पीक राजमार्गको मान्यता दिएपछि क्रमश सडक स्तोरन्नती हुने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे । बलेफी देखि जलविरे हुदै तेम्बाथान सम्मको ६१ किलोमिटर सडकलाई संघीय सरकारले यो वर्ष मात्रै वैकल्पीक राजमार्गको मान्यता दिएको थियो ।

प्रदेश सरकार र केन्द्र सरकारबाट मात्रै होइन गाउँपालिकाको आफ्नै स्रोत बाट समेत यो वर्ष केही वडा सम्म पुग्ने सडक कालोपत्रेको काम सुरु भएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

गाउँपालिकाले वडा जोड्ने सडक स्तोरन्नतीका लागि १ करोड २५ देखि बढीमा २ करोड ९५ लाखसम्म बजेट विनियोजन गरेर टेण्डर प्रक्रिया मार्फत सडक स्तोरन्नती सुरु गरिएको छ । प्रदेशसँगको सहकार्यमा वहुवर्षीय योजना बनाएर सडक स्तोरन्नतीको काम सुरु गरिएको गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले जानकारी दिए ।

गाउँपालिकाले यो वर्ष वडा नम्बर ३ बाहेक अरु बाँकी ६ वडाकै कार्यालयसम्म पुग्ने सडक स्तोरन्नती लागि काम सुरुवात गरेको छ । वडा नम्बर १ को बासिम्लेदेखि महाभिर हुदै सेलाङ जोड्ने १ किलोमिटर सडक यो वर्ष कालोपत्रे हुदैछ । त्यस्तै वडा नम्बर २ को खुन्दुको गोल्चे,४ को सुनखोला,घुङा पाङताङ सम्म पुग्ने सडकको पनि टेण्डर प्रक्रियामाफर्त काम सुरु भएको गाउँपालिकाले जानकारी दिएको छ ।

वडा सम्म पुग्ने सडक स्तोरन्नती गर्ने क्रममा वडा नम्बर ५ को ढाडे,राम्चे बराम्ची र ६ र ७ को याङलाकोट हुदै हगाम जोड्न सडक निर्माण सुरु भएको छ । बलेफी देखि जलविरेसम्मको वैकल्पीक राजमार्गको लागि केन्द्रीय सरकारबाट यो वर्ष ८ करोड र अर्थ मन्त्रालयबाट थप ५ करोड सडक स्तोरन्नतीका लागि बजेट आएको छ । यो बजेटको काम पनि केही हप्ता भित्रै सुरु गरिने गाउँपालिकाले जानकारी दिएको छ ।

वैकल्पीक चक्रपथको अध्ययन सुरु

जुगल गाउँपालिकाले वडा नम्बर १ देखि ७ सम्म सबै वडालाई जोड्ने गरेर एउटै सडक सञ्जाल निर्माणको गृहकार्य यही वर्षदेखि सुरुवात गरेको छ ।

गाउँपालिकाको कार्यालय रहेको ढाडेलाई केन्द्र बनाएर गाउँपालिकाभरका सबै वडा र बस्तीलाई समेत जोड्ने गरेर सडक सञ्जाल निर्माण सुरुवात गरिएको गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए । यसरी जोडिने सडक सञ्जालबाट जुगल गाउँपालिकाको धेरै स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने अध्यक्ष श्रेष्ठले दाबी गरे ।

गाउँपालिका केन्द्र ढाडे हुदै याङलाकोट,हगाम,हाप्रा राम्ची,घुङा,पाङताङ,खानी,तापगाँउ,पाङगरपु,गोण्डेगाउँ,लिदी,सञ्चगाउँ हुदै निम्लुङ,गोल्चे,किप्चे,,भोटेसेलाङ,सेलाङबासिम्ले हुदै ढाडे चक्रपथ सडकको पुर्व सम्भाव्यता अध्ययन सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर बिकले जानकारी दिए । यसरी सडक निर्माण हुदा गाउँपालिकाका सबै बस्तीहरुलाई जोडिने विकले बताए ।

यो सडक विस्तार हुदा जुगल क्षेत्रको समग्र पर्यटकीय महत्व र धार्मिक र सास्कृतिक क्षेत्रलाई समेत सहयोग पुग्ने गाउँपालिकाको दाबी छ । बजेटेको हिसाबले महंगो हुने भएपनि सडक निर्माणका लागि केन्द्र,प्रदेश र आवश्यक परेमा अन्तराष्ट्रिय दाताहरुलाई समेत अनुरोध गरिने गाउँपालिका अध्यक्ष होमनारयण श्रेष्ठले बताए ।

वि.सं.२०७६ फागुन २७ मंगलवार १६:३१ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...