back
NMB ad

कोरोना भाइरसका कारण भारतमा पनि यात्रा प्रतिबन्ध

Kumari bank ad

काठमाडौं । छिमेकि देश भारतले यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । १५ अप्रिल सम्ममा सबै भिसा निलम्बन गरी यात्रा प्रतिबन्ध गरिने भारत सरकारले जनाएको छ ।

राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय संस्था, इम्प्लोइमेन्ट र प्रोजेक्ट भिसा बाहेक अन्य भिसा निलम्बन गरिने बताइएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि भारतले सबै भिसा निलम्बन गर्ने निर्णय गरेको हो ।
कोरोना भाइरसको प्रकोपका कारण १५ अप्रिल पछि भारत जाने यात्रुहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिने निर्णय समेत भारत सरकारले गरेको छ । स्वास्थ्यमन्त्री डा.हर्ष बर्धनको अध्यक्षमा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको बताइएको छ ।

ओसीआई कार्ड भएका (प्रवासी भारतीय नागरिक) लाई दिइने भिसा मुक्त यात्राको सुविधा पनि १५ अप्रिल २०२० सम्म रोकिएको छ । यो १३ मार्च अर्थात भोलि मध्यरातबाट लागू हुनेछ । १५ अप्रिलपछि चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिने र यसमा भारतीय नागरिक पनि पर्ने बताइएको छ ।

वि.सं.२०७६ फागुन २९ बिहीवार ११:५९ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...