back
NMB ad

बागमती प्रहरीले सुरु गर्यो सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट

Kumari bank ad

मेलम्ची । बढ्दो मात्रा सवारी दुर्घटना न्यूनिकरण गर्न वागमती प्रदेशमा पहिलो पटक सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु गरिएको छ ।

लागूऔषध नियन्त्रण गर्ने तथा सावारी दुर्घटना न्यूनिकरण गर्ने अभियान अन्तरगत वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको आयोजनामा मेलम्चीबाट सडकमै चालक र सहचालक ड्रग युरिन टेस्ट सुरु गरिएको हो ।

लागू पदार्थ सेवन गरी सवारी साधन चलाउँने चालकको संख्या बढिरहेको गुनाँसो आएसँगै दुर्घटनासमेत बढ्दा त्यसको नियन्त्रणका लागि सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु गरिएको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

चेकजाँचको एक भव्य समारोहका विच वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहाल र सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले सवारी चालकलाई चेकजाँच किट प्रदान गर्दै सडकमै चालक र सहचालकको ड्रग युरिन टेस्ट सुरु गरेका थिए ।

मादक पदार्थ सेवन गर्दा समातिने डर भएपछि चालकले लागू पदार्थ सेवन गर्न थालेको सूचना प्राप्त भएसँगै टेस्ट गर्ने काम थालिएको एसपी मर्हजनको भनाई छ ।

‘ब्रेथलाईजरबाट लागू पदार्थ सेवन गरेको पत्ता लाग्दैन्, त्यसैले लागु पदार्थ गर्नेको संख्या बढेको देखियो, अनि यहाँ ठुला दुर्घटना पनि भए एसपी महर्जनले भने अब मापसे र लापसे जाँच एकै साथ गर्न सक्छौं , जसको कारण दुर्घटना न्यूनिरकरण गर्न सकिने छ । अकालमा ज्यान जाने जोखिम कम हुनेछ ।’

सवारी दुर्घटना न्यूनिकरण गर्ने अभियान कै रुपमा सञ्चालित यस कार्यक्रमलाई अब वागमती प्रदेश अन्तर्गतको १० वटै जिल्लाको सडक मैं चेकजाँच निरन्तर हुने वागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका निमित्त प्रमुख किशोरकुमार दाहालले बताए ।

सवारी दुर्घटना न्यूनिकरण गर्न सवारी चालकहरुले लागू पदार्थ सेवन गरे नगरेको बारे जानकारी लिन ट्राफिक प्रहरी, ईलाका प्रहरी कार्यालय मेलम्चीलाई समेत अग्रसर गराउदै गरिएको चेकजाँचले सवारी दुर्घटना न्यूनिकरण कम गर्ने एसपी महर्जनको विश्वास छ ।

उनका अनुसार वागमती प्रदेशमा ड्रग युरिन टेष्ट किटबाट सडक मैं जाँच गरिएको यो पहिलो पटक हो । यस्तै यहाँबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधनका चालकलाई प्रशिक्षणसगैँ यस्तो अभियान थालिएको प्रस्ट पारे ।

यसैगरि क्षमताभन्दा बढी यात्रु नचढाउने, लापरवाही तरिकाले सवारी चलाउन नहुने उपायका बारेमा सवारी चालकलाई प्रशिक्षण गराइने उनले बताए । उनले मापसे चेकजाँचको क्रममा लागु औषध गाँजाजस्ता अन्य पदार्थ सेवन गरेको थाहा नहुँने भएपश्चात चालकले मदिरा सेवनलाई कम गर्दै लागू औषधको प्रयोग बढाएको बताए ।

यसरी लागू औषधको प्रयोगसँगै सवारी दुर्घटना न्यूनिकरण गर्न समस्या पर्ने भएकोले ‘ड्रग युनिट टेस्ट कीटसहित चालकहरुको पिसाब चेक गरेको जानकारी गराए । सो अवसरमा पहिलो दिन १७ वटा चालक र सहचालकको न्यूरिन टेस्ट गरिएको थियो ।

वि.सं.२०७६ चैत ३ सोमवार १३:१३ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...