back
NMB ad

‘ब्लड ग्रुप’ अनुसार कोरोना संक्रमणको जोखिम घटीबढी : अनुसन्धान

Kumari bank ad

काठमाडौं– प्राणघातक कोभिड–१९ को जोखिम व्यक्तिको ब्लड ग्रुप अनुसार घटीबढी हुने चीनको एक अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार ए समूहको रगत हुने व्यक्तिमा जोखिमको सम्भावना बढी छ । ओ ग्रुपको रगत हुने व्यक्तिसँग भने कोभिड–१९ रोगसँग लड्ने क्षमता बढी हुने चीनको प्रारम्भिक अध्ययनले देखाएको साथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

स्वास्थ्य अनुसन्धताहरुले वुहान र सेन्झेनका दुई हजारभन्दा बढी कोभिड–१९ संक्रमित बिरामीको रगत समूहले लिएर त्यसलाई स्थानीय स्वस्थ व्यक्तिको रगतसँग तुलनात्मक अध्ययन गरेको बताइएको छ । ए समूहको रगत हुने व्यक्तिमा कोरोना संक्रमण बढी र लक्षण पनि बढी गम्भीर भेटिएको छ ।

अनुसन्धाताहरुले यो अध्ययनलाई प्रारम्भिक भन्दै थप अध्ययन आवश्यकता औंल्याएका छन् । तैपनि उनीहरुले सरकार र स्वास्थ्य संस्थालाई यो लगायत, सार्सको संक्रमण रोक्ने र उपचार योजना बनाउँदा रक्त समूहलाई ख्याल गर्न सुझाएका छन् ।

‘संक्रमणको जोखिम घटाउन ए रक्त समूहका व्यक्तिले व्यक्तिगत संरक्षणलाई बलियो बनाउनु पर्ला,’ वाङ सिन्घुआले नेतृत्व गरेको अनुसन्धान टोलीले भनेको छ ।

ओ रक्त समूहका व्यक्तिमा भने अन्य रक्त समूहका व्यक्तिको तुलनामा संक्रमण हुने सम्भावना निकै कम पाइएको मार्च ११ मा उनीहरुले एमइडीआरएक्सआइभी डट ओआरजीमा प्रकाशित लेखमा भनेका छन् ।

वुहानमा कोभिड–१९ बाट ज्यान गुमाएका २०६ बिरामीमध्ये ८५ जनाको रक्त समूह ए थियो । जुन ओ रक्त समूह भएका ५२ जनाको तुलनामा ६३ प्रतिशत बढी हो ।

यो अध्ययन बेइजिङ, वुहान, सांघाई लगायत चीनभरिका वैज्ञानिक र डाक्टरहरु मिलेर गरेका थिए । मानिसको रक्त समूह प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गर्ने रातो रक्तकोषको सतहमा पाइने पदार्थ ‘एन्टिजेन’का आधारमा निर्धारण गरिन्छ । अस्ट्रियन बायोलोजिस्ट कार्ल ल्यान्डस्टेइनरले सन १९०१ मा मुख्य रक्त समूहका पत्ता लगाएका थिए । तिनलाई उनले ए, बी, एबी र ओ नाम दिएका छन् ।

रक्त समूह व्यक्तिपिच्छे फरक हुन्छ । संयुक्त राज्य अमेरिकामा ४४ प्रतिशत जनसंख्यामा ओ रक्त समूह छ । करिब ४१ प्रतिशतको रक्त समूह ए छ । करिब एक करोड १० लाख जनसंख्या रहेको चीनको वुहानमा ओ रक्त समूहका मानिसको संख्या ३२ र ए समूहका मानिसको संख्या ३४ प्रतिशत छ ।

रक्त समूह बीका विषयमा भने अनुसन्धाताहरुले केही उल्लेख गरेका छैनन् ।

वि.सं.२०७६ चैत ४ मंगलवार २०:२९ मा प्रकाशित

You can share this post!

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...