back
NMB ad

२५ दिनका लागि सार्वजनिक स्थल बन्द गर्नेसहित यस्ता छन् सरकारका अन्य निर्णय

Kumari bank ad

काठमाडौं । सरकारले २५ दिनका लागि सार्वजनिक भीडभाड हुने सम्पूर्ण स्थल बन्द गर्ने निर्णय गरेको छ । विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण यसको संक्रमण हुन नदिन सजकताका लागि फिल्म हल, जिम हल, डान्स बार तथा क्लब, स्वीमिङ पुल लगायतका बढी भीडभाड हुने स्थान बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला नपाइने निर्णयसमेत गरेको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले ३० अप्रिलसम्मलाई त्यस्ता ठाउँ बन्द गर्न निर्देशन दिएको हो ।

समितिले पार्टी प्यालेस, साँस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा नबस्न आग्रह गरेको छ । अत्यावस्यक बाहेक घरबाट बाहिर ननिस्कन पनि समितिले सर्वसाधारणमा आग्रह गरेको छ ।

समितिको निर्णयको २ नम्बर बुँदामा भनिएको छ, ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’

यस्तै, समितिले पश्चिम एशियाका खाडी मुलुकहरु इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया र यूरोपका सबै मुलुकबाट नेपाल आउने यात्रुलाई रोक लगाएको छ ।

यस्ता छन् समितिको निर्णय :

वि.सं.२०७६ चैत ५ बुधवार १७:१२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...