back
NMB ad

नियन्त्रणमा आएन मूल्यवृद्धि

Kumari bank ad

काठमाडौं । सरकारले चालू आवमा मूल्यवृद्धि ६ प्रतिशतभन्दा माथि नर्पुयाउने लक्ष्य राखे पनि यसको रेखा सरकारी लक्ष्यभन्दा माथि उक्लँदै गएको छ । गत मंसिर महीनादेखि मूल्यवृद्धि लक्ष्यभन्दा माथि जान थालेको हो ।

गत माघसम्ममा तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछाको मूल्यवृद्धि उच्च हुन थालेपछि समग्रमा मूल्यवृद्धि बढेको थियो ।
त्यस्तै गैरखाद्य तथा सेवासमूहअन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको थियो ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रहेका ती वस्तुको उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) गत माघसम्ममा ६ दशमलव ८७ प्रतिशत पुगेको छ ।
जबकि अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ४ दशमलव ३५ प्रतिशत रहेको थियो । ७ महीनाको औसत मुद्रास्फीति ६ दशमलव ४७ प्रतिशत छ ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आवको पछिल्लो ७ महीनाको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनले सबैभन्दा बढी महँगी काठमाडौंमा बढेको देखाएको छ ।

काठमाडौं उपत्यकाका ७ दशमलव ५८ मूल्यवृद्धि छ भने तराईमा ७ दशमलव २६ प्रतिशत छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छन् ।

वि.सं.२०७६ चैत ६ बिहीवार ०६:५५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...