back
NMB ad

आइतबारदेखि अत्यावश्यक कार्यालय बाहेक सबै सेवा बन्द

Kumari bank ad

काठमाडौं । मुलुकमा अत्यावश्यक बाहेक सबै सेवा १२ दिनको लागि बन्द हुने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन सरकारले अत्यावश्यक बाहेका सबै कार्यालय चैत ९ देखि २१ गतेसम्म बन्द गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशबासीको नाममा सम्बोधन गर्दै चैत ९ देखि २१ सम्म सबै कार्यालय बन्द गरिने बताउनुभयो । ‘अत्यावश्यक सेवा बाहेक सबै कार्यालय चैत ९ देखि २१ गतेसम्म बन्द हुनेछ’ उहाँले भन्नुभयो, ‘ १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायात समेत बन्द गरिनेछ ।’

कोरोना कोषमा नेपाल सरकारको १० करोड

दक्षिण एशियाली सहयोग संगठन (सार्क) द्वारा स्थापना गरिएको कोरोरा भाइरस (कोभिड–१९) विरुद्धको आपतकालिन कोषमा नेपालले १० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै कोष उल्लेखित रकम उपलब्ध गराउने घोषण गर्नुभएको हो ।

कोषमा छिमेकी मुलुक भारतले १ करोड १ अमेरिकी डलर उपलब्ध गराउने घोषण गरिसकेको छ । सार्क राष्ट्रप्रमुखबीचको भिडियो कन्फ्रेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उल्लेखित रकम उपलब्ध गराउने बताउनु भएको थियो । कोषमा राष्ट्रका अन्य राष्ट्रले पनि रकम उपलब्ध गराउने तयारी गरेका छन् ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १८:४२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...