काठमाडौं । बाँकेको जमुना नाका एक साताका लागि बन्द गरिएको छ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको जोखिम कम गर्न भन्दै नेपाल–भारत जमुनाहा बन्द गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले दुवै देशका अधिकारीहरुको सहमतिमा नाका बन्द गरिएको बताए । उक्त नाकाबाट अब कुनै पनि व्यक्तिलाई आवत–जावत गर्न दिइने छैन ।
आइतबारदेखि लागू हुने गरी १ साताका लागि नाका बन्द गरिएको प्रजिअ खड्काले बताए । तर, मालसामान ढुवानी गर्ने सवारीका साधनहरुलाई भने नाका वारपार गर्न दिइने छ ।
वि.सं.२०७६ चैत ९ आइतवार १२:१८ मा प्रकाशित