back
NMB ad

बुद्ध एयरले घटायो हवाई भाडा : यस्तो छ परिमार्जित भाडादर (सूचिसहित)

Kumari bank ad

काठमडौं । आन्तरिक उडान गर्ने नेपालको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले आफ्नो अधिकतम भाडा घटाएको छ ।

बुद्धले कोभिड १९ को जोखिम बढेपछि काठमाडौंबाट एकैपटक धेरै यात्रु एकैपटक काठमाडौं बाहिर जानखोज्दा अधिकतम भाडादर लागू भइरहेको अवस्थामा अधिकतम भाडादर घटाएको जानकारी दिएको छ ।

उसले पछिल्लो समय यात्रुको चाप एकतर्फी भएको र स्ट्रक्चरल भाडादरअनुसार सरकारले स्वीकृत गरेको भाडादरमा अधिकतम दरमा टिकट बिक्रीवितरण भइरहेको जानकारी दिएको छ ।

सरकारले चैत १० गतेदेखि २१ सम्मका लागि लामो दुरीका सार्वजनिक यातायात बन्द गरेपछि एकमात्र माध्यम हवाई भएको र यस्तोमा भाडाको सिमा परिमार्जन गरिएको एयरलाइन्सले प्रष्टीकरण दिएको छ ।

भाडादरका बारेमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एयरलाइन्सहरुसँग छलफल गर्नुभएको थियो । शनिबारको उक्त छलफलमा मन्त्री भट्टराईले एयरलाइन्सहरुलाई विपत्को समयमा भाडाको अधिकतम सिमा घटाउन आग्रह गर्नुभएको थियो ।
परिमार्जित भाडादर चैत २१ गतेसम्ममात्र लागू हुने एयरलाइन्सले जानकारी दिएको छ ।

यस्तो छ बुद्ध एयरको परिमार्जित भाडादर :

वि.सं.२०७६ चैत ९ आइतवार १३:२४ मा प्रकाशित

You can share this post!

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:३५

काठमाडौँ, ६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा...

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका धादिङका तामाङको शव भेटियो   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:२४

लिस्बन (पोर्चुगल), ६ चैत : सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस)...

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १२:१६

काठमाडौँ, ६ वैशाख : सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय...

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंकले भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा प्रदान गर्नेे

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:५०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन...

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते   

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:३८

कास्की, ६ वैशाख : पोखरामा आज बिहान भएको दुर्घटनामा परी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:२७

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगाा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...