back
NMB ad

कोरोना भाइरस : यसकारण इरानद्वारा अमेरिकी मद्दत अस्विकार

Kumari bank ad

काठमाडौं । इरानमा कोरोना भाइरसको संक्रमणबाट पैदा भएको संकटबीच लामो समयदेखिको दुश्मन अमेरिकाले मानवीय सहायतको प्रस्ताव गरेको थियो ।

इरानले उक्त प्रस्ताव खारेज गरेको छ । मध्यपूर्वमा इरान कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै प्रभावित छ । २१ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जबकी १६ सय ८५ को मृत्यु भइसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०१८ मा इरानसँगको सन् २०१५ मा भएको परमाणु सम्झौता खारेजगरेदेखि यी दुई राष्ट्रबीच तनाव बढ्दो छ । अमेरिकाले इरानमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले मद्दत प्रस्ताव गर्दा इरानका सर्वोच्च नेता अयतोल्लाह खामेनईले भने, ‘अमेरिकाले कोरोना भाइरसबीच विभिन्न पटक मद्दतको प्रस्ताव गरेको छ । अचम्म छ किनभने अमेरिका आफैं पनि विभिन्न कमीसँग जुधिरहेको छ । अर्कोतर्फ उनीहरुमाथि यो भाइरस उत्पत्ति गरेको आरोप पनि छ । ’

खामेनेईले थपे, ‘वास्तविकता के हो, हामीलाई थाहा छैन । तर यस्तो आरोप प्रत्यारोपका बीच एक बुद्धिमान व्यक्तिले के तपाईंमाथि विश्वा गर्न गर्छ ? तपाईंको प्रस्ताव स्विकार गर्न सक्छ ? तपाईंले इरानमा थप संक्रमण फैलने औषधी पनि दिनुभएको हुनसक्छ ।’

यसैे वर्ष जनवरी ३ तारिखमा डोनल्ड ट्रम्पको आदेशमा अमेरिकी सैनिकले ड्रोन हमलामार्फत् इरानका रिभोल्युशनरी गार्डस्का शीर्ष कमान्डर कासीमा सुलेमानीको हत्या गरिएको थियो ।

उक्त घटनापछि यी दुई देशबीच तनाव थप चर्किएको छ । खामेनेईले भने, ‘अमेरिका हाम्रो लागि नम्बर वन दुश्मन हो । अमेरिका हाम्रो सबैभन्दा कट्टर दुश्मन हो । अमेरिकाका नेता झुटा र धेकेबाज हुन् ।’

इरानमा कोरोना भाइरसको महामारी फैलिएका बेला अमेरिकी प्रतिबन्धका कारण लडाईं कमजोर भएको उनले बताएका छन् । इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी नागरिकलाई यो समस्याको घडीमा आफ्नो सरकारलाई प्रतिबन्ध हटाउन माग गरदिन आग्रह गरेका छन् ।

चीनले पनि अमेरिकालाई कोरोना भाइरसको संक्रमणका कारण इरानलाई प्रतिबन्धबाट मुक्त गरिदिन आग्रह गरेको छ ।

वि.सं.२०७६ चैत १० सोमवार ०७:१४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...