back
NMB ad

कोरोनाविरुद्ध जुध्न नेपाल सरकारलाई एनआरएनएको १ करोड रुपैयाँ सहयोग

Kumari bank ad

काठमाडौं । कोरोना महामारीसँग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोगको घोषणा गरेको छ ।

गैरआवासीय नेपाली संघको आइतबार बसेको ७२ औं बैठकले सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न खडा गरेको केन्द्रीय राहत कोषमा एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको संघका अध्यक्ष कुमार पन्तले जानकारी गराउनुभएको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको थियो । अध्यक्ष पन्तले संघको निर्णय सार्वजनिक गर्दै फेशबुकमा लेख्नुभएको छ,”संघले कोरोना संक्रमितको सहयोगार्थ अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरीय समिति र त्यसमातहत संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा राहतकोष संकलन उपसमिति र उपाध्यक्ष डा.बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको छ ।”

त्यस्तै, संघले विश्वभर छरिएका आफ्ना शाखामार्फत् कोरोना संक्रमित नेपालीको तथ्यांक संकलनको तयारी समेत गरेको पन्तले जनाउनुभएको छ ।

वि.सं.२०७६ चैत १० सोमवार ०७:३७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...