back
NMB ad

कोरोना नियन्त्रणका लागि बागमती सरकारले छुट्यायो पाँच करोड

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले विशेष तयारी गरेको छ ।

प्रदेश सरकारले प्रदेशको राजधानी हेटौंडामा ५०० शय्याको क्वारेन्टाइन र प्रदेशका विभिन्न स्थानमा २०० शय्याको आइसोलेसन वार्ड निर्माण गर्ने तयारी गरेको छ ।

हेटौंडा एकेडेमीमा २००, वन विज्ञान अध्ययन संस्थामा १००, गौरीटार खेलकुद एकेडेमीमा १०० र सशस्त्र प्रहरी क्याम्प कर्रामा १०० शय्याको क्वारेन्टाइन निर्माण गर्ने सरकारले जनाएको छ ।

यस्तै, हेटौंडा अस्पतालमा १००, भक्तपुर अस्पतालमा पाँच, सिन्धुपाल्चोक अस्पतालमा पाँच, रसुवा अस्पतालमा चार, नुवाकोट अस्पतालमा पाँच, धादिङ अस्पतालमा पाँच, रामेछाप अस्पतालमा दुई, सिन्धुली अस्पतालमा तीन, चितवन (भरतपुर) अस्पतालमा ५०, जिरी, मेथीनकोट, बगौडा र बकुलहर अस्पतालमा ५० शय्याको आईसोलेसन वार्डको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

हेटौंडा एकेडेमीमा क्वारेन्टाइनको निर्माण तयारी भइरहेको छ भने नेपाली सेनाले सामरी पुलपारी पनि ३० वटा क्वारेन्टाइन शिविर खडा गरिएको छ ।

यस्तै, हेटौंडा अस्पतालमा १०, भक्तपुर अस्पतालमा पाँच, सिन्धुली अस्पतालमा पाँच, चितवन (भरतपुर) अस्पतालमा २०, जिरी, मेथीनकोट, बगौडा र बकुलहर अस्पतालमा १० र निजी मेडिकल कलेजहरूमा १०० शय्याको भेन्टिलेटरसहितको आइसियु स्थापना गर्ने बागमती प्रदेश सरकारले निर्णय गरेको छ।

तीनवटा प्रदेश स्तरीय समिति

बागमती सरकारले प्रदेश स्तरीय कोरोना नियन्त्रण समिति, स्वास्थ्य व्यवस्थापन समिति र बजार अनुगमन उच्च स्तरीय समिति गठन गरेको छ। प्रदेश स्तरीय कोरोना नियन्त्रण समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्री संयोजकत्व रहेका छन्। समितिको सदस्यमा आर्थिक मामिला तथा योजना मन्त्री, सामाजिक विकास मन्त्रालय मन्त्री सदस्य रहेका छन्।

यस्तै, सदस्यहरुमा मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार, प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, सामाजिक विकास मन्त्रालयका सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, हेटौंडास्थित प्रदेश स्तरीय कार्यालयका प्रमुखहरू, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सदस्य सचिव रहने निर्णय भएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगलेलले जानकारी दिएका छन्। स्वास्थ्य व्यवस्थापन समितिमामा सामाजिक विकास मन्त्रीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको छ।

उक्त समितिको सदस्यमा सामाजिक विकास मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक, सदस्य रहेका छन् भने सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख सदस्य सचिव रहेका छन्। यस्तै, सात सदस्यीय बजार अनुगमन उच्च स्तरीय समिति पनि बनाएको छ ।

समितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री संयोजक रहेका छन्। समितिकासदस्यहरुमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी कार्यालयका प्रमुख, स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख सदस्य र उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय निर्देशक सदस्य सचिव रहेका छन्।

पाँच करोड विनियोजन

कोरोना भाइरसको सम्भावित संक्रमणको व्यवस्थापन गर्न सामाजिक विकास मन्त्रालयमार्फत पाँच करोड खर्च गर्ने निर्णय गरेको छ ।
मन्त्रालयले माग गरेको बेला आर्थिक मामिला तथा योजना मन्त्रालयले उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता कैलाश ढुंगेलले जानकारी दिए। (थाहा खबरबाट)

वि.सं.२०७६ चैत १० सोमवार ०७:४८ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...