काठमडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ ।नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको हो ।
महासंघका अनुसार सोमबार नेपाली बजारमा सुन तोलाको ७७ हजार रुपैयाँ रहेको छ। आइतबार सुनको मूल्य ७६ हजार ५ सय रुपैयाँ तोला थियो । सुन गएको ६ दिन यताकै महंगो भएको हो । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७६ चैत १० सोमवार ११:०७ मा प्रकाशित