काठमाडौं । केहि समय यता लगातार बढेको डलरको भाउ आज चैत १० गते भने घटेको छ । कोरोना भाइरसको त्रासका कारण सुरक्षित लगानीका लागी लगानीकर्ताहरुले डलरमा लगानी गरेसँगै डलरको भाउ लगातार बढिरहेको थियो ।
तर आज भने अमेरिकी डलर ८ पैसाले घटेर १२० रुपैयाँ ६० पैसामा झरेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकन डलरको खरिद मूल्य भने १२० रुपैयाँ कायम गरेको छ।
गत शुक्रबार मात्र १ रुपैयाँ २७ पैसाले बढेको डलरको भाउ हिजो आइतबार पनि ४० पैसाले बढेको थियो।
वि.सं.२०७६ चैत १० सोमवार ११:२२ मा प्रकाशित