back
NMB ad

धादिङबेसीमा क्वारेन्टाइन स्थापना

Kumari bank ad

धादिङ । जिल्ला सदरमुकाम धादिङबेसीमा कोरोना भाइरसको सम्भावित संक्रमणलाई रोक्न क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ । नीलकण्ठ नगरपालिका–३ धादिङबेसीमा रहेको डिभिजन वन कार्यालयको नयाँ भवनमा क्वारेन्टाइन स्थापना गरिएको हो ।

जिल्ला दैविक प्रकोप उद्धार समितिको पहलमा नीलकण्ठ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाको सहकार्यमा क्वारेन्टाइन निर्माण गरिएको हो ।

उक्त क्वारेन्टाइनमा विशेष गरी भारतबाट नेपाल भित्रिने सर्वसाधारणहरुलाई कोरोनाको लक्षण देखिए निगरानीमा राख्न क्वारेन्टाइन स्थापना गरिएको नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख विष्णु रिजालले बताए ।

क्वारेन्टाइनमा ३५ जना राख्न मिल्ने रिजालले बताए। यस्तै, कोरोनाको सामना गर्न सरकारको निर्देशन र स्थानीय प्रशासनको पहलमा आवश्यक समन्वय गरेर सदरमुकाममा पूर्व तयारीको काम भइरहेको रिजालले बताए ।

आवश्यकता परे धादिङबेसीमा रहेका होटलहरुलाई क्वारेन्टाइन बनाइने तयारी भएको छ। जिल्ला अस्पताल धादिङमा आइसोलेसन र क्वारेन्टाइन, मेडिकल टिम आवश्यकताअनुसार राख्ने गरी कार्य अघि बढाइएको अधिकारीहरुले बताएका छन् ।

वि.सं.२०७६ चैत १२ बुधवार ०७:३९ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...