back
NMB ad

इन्डक्सन चुलो र महसुलमा छुट

Kumari bank ad

काठमाडौं । सर्वसाधारणले ग्यास अभाव महसुस गरिरहेका बेला सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्न चुलो तथा विद्युत् महसुल दुवैमा सहुलियत दिने भएको छ । सरकारको पछिल्लो कदमले नेपालीले इन्डक्सन चुलो १५ प्रतिशत सस्तो र विद्युत् महसुलमा २० प्रतिशत छुट पाउने भएका हुन् ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार तत्काल कार्यान्वयनमा आउने गरी खाना पकाउने प्रयोजनमा इन्डक्सन प्रयोगकर्तालाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिइने भएको छ । यसअनुसार मासिक १५० युनिटसम्मको खपतमा ग्राहकलाई कम्तीमा एक महिना यस्तो छुट दिइनेछ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनका बेला इन्डक्सन चुलोको प्रयोग बढाउने गरी महसुलमा छुट दिने सैद्धान्तिक निर्णय गरेको थियो ।

सोहीअनुरूप अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयका उच्च अधिकारी सम्मिलित बिहीबारको वैठकले १५० युनिटसम्मको खपतमा ग्राहकलाई २० प्रतिशत छुट दिने निर्णय गरेको हो ।  (गोरखापत्र दैनिकबाट)

वि.सं.२०७६ चैत १४ शुक्रवार ०७:४३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...