back
NMB ad

पशुपति आर्यघाटमा निःशुल्क शव जलाउन दिने

Kumari bank ad

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले गरिब र असहायलाई निःशुल्क शव जलाउन दिने भएको छ । कोषले मुलुक लकडाउन भएको अवस्थामा कसैले पनि असुविधामा पर्नु नपरोस् भनेर यस्तो सुविधा दिने जनाएको हो।

काठमाडौं नक्साल बसेर ज्यालादारी गर्दै आएकी भक्तपुरकी २७ वर्षीया रिना श्रेष्ठ पतिको मृत्युपछि पशुपतिस्थित विद्युतीय शवदाह गृह पुग्दा रकम अभावमा समस्यामा परेको समाचार सार्वजनिक भएपछि कोषले यस्तो निर्णय गरेको हो ।

‘कोषले नियमअनुसार यसअघि पनि गरिब र असहायलाई निःशुल्क गर्दै आएको छ’, कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले भने, ‘विद्युतीय शवदाह गृहमा शनिबार भएको घटनामा कागजी प्रक्रियामा केही अस्पष्टता भएर हो, कोषले यस्तो अवस्थामा नियमबमोजिम सबैलाई निशुल्क गर्छ।’

उनका अनुसार, नियममा सम्बन्धित नगरपालिकाको हकमा वडा कार्यालय वा गाउँपालिकाले सिफारिस गरेको सन्दर्भमा कागजातका आधारमा निःशुल्क शव जलाउने सुविधा दिँदै आएको छ ।

‘अन्यथा के आधारमा कसरी दिने ? संभवत शनिबार त्यस्तै भएको हुनुपर्छ’, थापाले भने, ‘तर, मुलुक नै लकडाउन भएकाले अवस्था विचार गरेर सुविधा दिन्छौं। सबै कुरा खोज्ने कुरै भएन।’

वि.सं.२०७६ चैत १६ आइतवार १८:४८ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...