back
NMB ad

बाग्लुङकी कोरोना संक्रमित युवतीसँगै यात्रा गरेका युवक आइसोलेसनमा

Kumari bank ad

पर्वत । कोरोना संक्रमण भएको पुष्टि भएकी बाग्लुङकी युवतीसँगै जहाजमा यात्रा गरेका पर्वतका एक युवकलाई आइसोलेसनमा राखिएको छ।

जलजला गाउँपालिका–७ धाइरिङका ती युवकले बाग्लुङकी युवतीसँगै यति एयरको विमानमा यात्रा गरेको र यात्राको दुई दिनपछि ज्वरो आउनुका साथै अहिले पनि रुघाखोकी लागिरहेको पाइएको छ ।

गत चैत्र ५ गते दिउँसो पौने एक बजे यति एयरको ६७९ नम्बरको उडानबाट पर्वतका ती युवक बाग्लुङकी युवतीसँगै काठमाडौँबाट पोखराबाट आएको पाइएको छ ।

घर फर्किएको दुई दिनमा ज्वरो आएपछि उनले सिटामोल किनेर खाएका थिए। युवतीमा कोरोनाको संक्रमण भएको पुष्टि भएपछि मात्रै ती युवकले समेत आफैँलाई पनि संक्रमण भएको हुन सक्ने शङ्का गरेका थिए ।

पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले युवकमा देखिएका लक्षणहरू कोरोनाको लक्षणसँग मिल्ने भएको र उनको अहिलेको अवस्था सामान्य रहेको बताए। ‘उहाँ मसँग निरन्तर सम्पर्कमा हुनुहुन्छ ।

उहाँको स्वाब परीक्षण गर्ने तयारी थालिएको छ ।.,’ उनले भने, ‘तत्कालका लागि उहाँलाई घरमा नै सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको छ ।’ शंका गरिएका ती युवक गाउँमा फर्किएपछि घरमै भएको श्राद्धमा सामेल भएका पाइएको छ भने त्यो श्राद्धमा छिमेकी र इष्टमित्र समेत गएका थिए ।

जलजला गाउँपालिकाका प्रमुख यामबहादुर मल्लले ती युवक गाउँमा समेत डुलेको पाइएको र स्वास्थ्यकर्मीको सल्लाहअनुसार तत्कालका लागि आइसोलेसनमा रहेको बताए।

युवकलाई घरमै पुगेर भेटका कुस्मा नगरपालिका–७ का उनका एकजना आफन्तलाई समेत क्वारेन्टाइनमा राख्ने तयारी भएको छ । उनलाई कुस्मा नगरपालिका–६ स्थित शिवालय माविको क्वारेन्टाइनमा राख्ने तयारी भएको वडा नम्बर ६ का वडाध्यक्ष रुद्र गिरीले बताए।

वि.सं.२०७६ चैत १७ सोमवार ०७:४० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...