back
NMB ad

विश्व बैंकले दियो नेपाललाई ६ अर्ब ऋण

Kumari bank ad

काठमाडौं । विश्व बैंकले प्राकृतिक प्रकोप तथा स्वास्थ्यसम्बन्धी विपद् न्यूनीकरण गर्न नेपाललाई ६ अर्ब रुपैयाँ (५० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग गरेको छ ।

रोगबाट पर्ने जोखिम व्यवस्थापन गर्न सरकारले आफ्नो क्षमता विकासमा समेत यो रकम खर्च गर्न सक्नेछ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि यो रकम प्रयोग गर्न सकिने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि कोरोना महामारीसँग जुध्न विश्व बैंकले २९ मिलियन अमेरिकी डलर (३ अर्ब ४३ करोड रुपैयाँ) ऋण सहायता घोषणा गरिसकेको छ । योसँगै कोरोना महामारीका लागि विश्व बैंकको सहयोग ९ अर्ब ४३ करोड पुग्नेछ ।

३ वर्षका लागि विश्व बैंकले दिने यो सहुलियत ऋण हो। उक्त अवधिसम्म खर्च नभएमा बाकी ३ वर्ष अवधि थप्न सकिन्छ । ५० मिलियनमध्ये २५ मिलियन कन्ट्री एलोकेसन हो भने बाँकी ग्लोबल एलोकेसन हो ।

६ वर्षसम्म पनि खर्च नभएमा कन्ट्री एलोकेसनबापत २५ मिलियन नेपालले प्राप्त गर्नेछ भने बाँकी रकम फिर्ता हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

विकास नीति वित्तीय व्यवस्था सहित वित्तीय व्यवस्थाको औजारका रुपमा ’क्याटस्ट्रोफी डेफर्ड ड्रडाउन अप्सन’ (क्याट डीडीओ) परिचालन गर्ने समझदारीपत्रमा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपालका लागि कन्ट्री म्यानेजर फारिस एच. हदाद जेर्भोसले हस्ताक्षर गरेका छन ।

प्रकोप जोखिम न्यूनीकरण गर्न यो विश्व बैंकको वित्तीय औजार हो। विकासका कार्यक्रमका लागि विनियोजित रकमलाई रकमान्तर गर्न नपर्ने गरी तत्काल खर्च गर्न यो औजारको प्रयोग गरिन्छ । यसले राष्ट्रिय विपद् व्यवस्थापन कोष र प्रधानमन्त्री प्रकोप राहत कोषलाई सहायता प्रदान गर्ने अर्थले जानकारी दिएको छ ।

वि.सं.२०७६ चैत १८ मंगलवार ०९:२५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...