back
NMB ad

चट्याङ लागेर धादिङ र रुकुममा दुई जनाको मृत्यु, ११ घाइते

Kumari bank ad

काठमाडौं । बुधबार साँझतिर परेको चट्याङ लागेर धादिङ र रुकुममा दुई जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन ।

उत्तरी धादिङको खनियाबास गाउँपालिका-२ गोरगङमा चट्याङले गर्दा स्थानीय ४० वर्षीय रामसिंह तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।अन्य तीनजना घइते भएका छन्।

घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको चट्याङका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

चट्याङ लागेर खनियाबास गाउँपालिका–२ थलीका पार्वती तामाङ र मनकुमारी तामाङ घाइते भएका छन्। चट्याङले दुई घरमा क्षति पुगेको छ ।चट्याङका कारण गाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको झर्लाङका सामाजिक कार्यकर्ता प्रेम तामाङले जानाकारी दिए ।

त्यसैगरी खनियाबास गाउँपालिका-२ क्यूङ निवासी आसमाया तामाङ पनि चट्याङ लागेर घाइते भएकी छन्। सबै घाइतेको गाउँमै रहेको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

त्यसैगरी रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-४ मा चट्याङ पर्दा मामाघरमा बस्दै आएकी गङ्गादेव गाउँपालिका रोल्पाकी १३ वर्षीया निर्मला खत्रीको मृत्यु भएको छ ।

चट्याङ लागेर अन्य आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी वरिष्ठ उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। बुधबार साँझ साढे ६ बजेतिर स्थानीय गङ्गाराम खड्का र प्रकाश विकको घरमा चट्याङ परेको हो । चट्याङ लागेर प्रकाशकी २० वर्षीया श्रीमती अनिता विक गम्भीर घाइते भएकी छन ।

त्यसैगरी वडा नम्बर ४ की ११ वर्षीया तुलसा खड्का, १७ वर्षीया सुशीला खड्का, २२ वर्षीया पवित्रा खड्का, ५० वर्षीया धनमाया खड्का, चार वर्षीय केशव खड्का, ६० वर्षीया सीता ओली र २८ वर्षीय कपिल खड्का चट्याङ लागेर घाइते भएका छन्। घाइते सबैको स्वास्थ्यचौकी खुम्चेरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७६ चैत २० बिहीवार ०८:५१ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...