back
NMB ad

कर बुझाउने र नवीकरण गर्ने समयावधि फेरि थप, वैदेशिक रोजगार ऐन संशोधन गरिने

Kumari bank ad

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र, सवारी साधनको नवीकरण, प्रदूषण नवीकरण र कम्पनीहरूको नवीकरण अवधि वैशाख महिना कायम गर्दै सोअनुरूप बुझाउनुपर्ने शुल्क तथा कर विलम्ब दस्तुर मिनाहा गर्ने भएको छ ।

यसका लागि केन्द्रीय सरकारले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जिम्मेवार निकायको रूपमा तोकेको छ भने सहयोगी निकायका रूपमा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहनेछ ।

कोरोना भाइरस संक्रमण (कोभिड–१९)लाई दृष्टिगत गरी केन्द्रीय सरकारले कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनीले पेस गर्नुपर्ने विवरण वा प्रतिवेदन बुझाउने म्याद २०७७ वैशाख मसान्तसम्म कायम गरेको छ ।

यसका साथै प्राइभेट फर्म, साझेदारी फर्म वा वाणिज्य विभागमा दर्ता भएका संस्थाहरूको नवीकरण अवधि पनि वैशाख कायम गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उद्योग विभागलाई कार्यान्वयनका लागि परिपत्र गरिएको छ ।

वैदेशिक रोजगारमा १ सय जना कामदार नपठाएकै कारणबाट इजाजतपत्रवाला संस्थाहरू खारेजी हुने हालको व्यवस्थालाई हटाउन वैदेशिक रोजगार ऐन २०६४ मा संशोधन प्रक्रिया अगाडि बढाइने भएको छ ।

यसका लागि तीन महिना समयावधि तोकिएको छ । सोका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सहयोगी निकायका रूपमा व्याख्या गर्दै सरकारले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई मुख्य जिम्मेवारी दिइएकोे छ । सरकारले वैदेशिक रोजगार ऐन, २०६४ मा संशोधनको प्रक्रिया अगाडि बढाइनेसमेत भएको छ ।

कोभिड–१९ को प्रकोपलाई नै दृष्टिगत गरी एसिया प्यासिफिक समूहबाट सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा सन् २०२० मा प्रस्ताव गरिएको पारस्परिक मूल्यांकनको कार्यतालिकालाई एक वर्ष पछि सार्न पनि अनुरोध गरिने भएको छ । यसको मुख्य जिम्मेवारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिएको छ ।

यसैगरी, सरकारले मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम २०७६ साल फागुन महिनाको मासिक, माघ र फागुन महिनाको द्वैमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरणबमोजिमको कर दाखिला गर्ने म्याद २५ वैशाखसम्मलाई तोकेको छ ।

मूल्य अभिवृद्धि कर फिर्ता प्रयोजनका लागि मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २५ (घ) बमोजिम कर फिर्ताको निवेदन दिन पाउने अवधि समाप्त भएको भए पनि वैशाखसम्म थप गरिने भएको छ ।

त्यस्तै, अन्तःशुल्क ऐन २०५८ बमोजिम २०७६ साल फागुन महिनाको बुझाउनुपर्ने विवरण तथा ती विवरणबमोजिमको अन्तःशुल्क दाखिला गर्ने म्याद पनि वैशाखसम्म निर्धारण गरिएको छ ।

आयकर बुझाउने म्यादसमेत वैशाखसम्मलाई लम्ब्याउने निर्णय सरकारको छ । विभिन्न उद्यमी व्यवसायीको सुझावअनुरूप सरकारले अग्रिम करकट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरणबमोजिमको कर दाखिला गर्ने म्याद थपेको हो ।

कुनै व्यक्तिले आर्थिक वर्ष २०७६-७७ मा नेपाल सरकार र प्रदेश सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा घटाउन पाउनेगरी खर्च कट्टी गर्न दिने व्यवस्था पनि सरकारले मिलाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीका अनुसार यसको प्रमुख जिम्मेवारी अर्थ मन्त्रालयलाई दिइएको छ भने आन्तरिक राजस्व विभागले सहयोग गर्नेछ ।(राजधानी दैनिकबाट)

वि.सं.२०७६ चैत २१ शुक्रवार ०८:०४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...