back
NMB ad

यसरी पाउनुहोस् सित्तैमा रिचार्ज !

Kumari bank ad

काठमाडौं । कोरोना भाईरसका कारण देश लकडाउनमा छ । अहिले बजारमा रिचार्ज कार्डहरु सुलभ रुपमा उपलब्ध छैनन, सबैको पहूँचमा डिजिटल टपअप छैन ।

यस्तो बेला कम्तिमा गार्ह्रो सार्ह्रो परेको बेला आफ्ना कठिनाई प्रियजनहरूसँग साटासाट गर्ने माध्यमनै फोन कल हो भन्ने कुरालाई मध्यनजर गर्दै वि विल राईज फाउण्डेसनले सहयोग स्वरूप एकहजार जनालाई निःशुल्क रू. ५० रिचार्ज गरिदिने अभियान थालेको छ ।

यसअघि पनि लकडाउनले अति जरुरी भएकालाई अवस्था हेरेर हरेकलाई एक सय रुपैया रिचार्जको व्यवस्था फाउण्डेसनले गरेको थियो ।यससम्बन्धी सूचना सार्वजनिक हुने वित्तिकै देशैभरीका कुनाकाप्चाबाट आफू विभिन्न समस्यामा परेको, आफन्तसँग कुरा गर्न नपाएको, जिरो ब्यालेन्स भएको भन्दै सयौंले रिचार्जका लागि आग्रह गरेको संस्थापक तुलसी कुमार गुरुङले जानकारी दिए ।

पहिलोचरणमा फाउण्डेशनले संकटमा परेका र अति जरुरी भएका ५०० जनालाई रिचार्जको व्यवस्था गरेको थियो । साह्रै अप्ठेरो परेकाले कुरा गर्न नपाएको भन्ने अनगिन्ती व्यक्तिहरूले सम्पर्क गरेपछि दोस्रो चरणमा रु. ५० का दरले एकहजारलाई रिचार्ज वितरण गर्ने योजना बनेको हो । फाउण्डेसनले कारण खुलाएर मात्र रिचार्जका लागि अनुरोध गर्नुपर्ने जनाएको छ ।

यस संकटको घडीमा सूचना आदानप्रादान जस्तो आधारभूत पहूँचमा लकडाउनको यो विशेष परिस्थितीले नागरिक कसरी आफ्नो स्थिती, गार्ह्रो सार्ह्रो अवस्था वा स्वास्थ्य जटिलतालाई सम्बन्धित स्रोतसम्म पुर्याउनेछन् भन्ने ठूलो चिन्ताको विषय हो ।

कतै अत्यावशक पसल खुलेका भएपनि रिचार्ज कार्डको अभाव छ भने काठमाण्डौ बाहिरका क्षेत्रहरुको अवस्था कस्तो होला ? ‘अत्यावश्यक परेका नागरिकहरूले मात्र यो लाभ लिई सहयोग गरीदिनुहुन अथवा संकटको साथीको रुपमा यो अभियानलाई साथ दिनुहुन अनुरोध गर्दछौं ।’ संस्थापक निर्देशक निर्मल श्रेष्ठले बताए ।

मोबाईल रिचार्ज अनुरोधका लागि एसएमएस मार्फत सम्पर्क गर्न सकिने फाउण्डेसनले जनाएको छ । ९८२३८७२११५ (एनटिसी) ९८१३२०७४८७ (एनसेल)

वि.सं.२०७६ चैत २३ आइतवार १९:१९ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...