back
NMB ad

कोरोना कहर : ‘यौनकर्मीलाई भाइरसको भन्दापनि भोकको डर’, सडकमा ग्राहक कुर्न बाध्य !

Kumari bank ad

थाइल्याण्ड । यौन व्यवसायमा कार्यरत बैंककमा यौनकर्मीले आफूलाई कोरोना भाइरसको भन्दापनि भोकको डर भएको बताएका छन् ।

रातको समयमा व्यवसायमा रमाउन यौनकर्मीहरुले पहिला लुटेराहरुको डर भएको तर अहिले कोरोना भाइरसका कारण व्यवसायमा समस्या भएकाले आफ्ना रोजिरोटी गुम्ने डर भएको बताएका हुन् ।

थाइल्याण्डमा कोरोना भाइरस संक्रमणका कारण रात्रीकालीन जीवन अस्तव्यस्त बनाएको विदेशी समाचार माध्यमहरुले बताएका छन् ।बैंकक, पटायालगायत यौन तथा मसाज कार्य हुने पार्लर तथा होटलहरु बन्द भएपछि दैनिक जीवन धान्नका लागि यौनकर्मीहरु सडकमा ग्राहक कुर्न बाध्य भएका छन् ।

सरकारको निर्देशनका कारण सुनसान सडकमा निस्किदा कारबाही भोग्नुपर्ने डर त छ नै त्यसमा पनि पर्यटकको आगमन बन्द भएकाले ग्राहक पाउन पनि कठिन भएको यौनकर्मीको गुनासो रहेको समाचार विभिन्न समचार माध्यमले बताएका छन् ।

गत शुक्रबारदेखि थाइल्याण्डको होटल, बार बन्द गरिएका छन् भने राति १० बजेदेखि बिहान ४ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ ।कोरोना भाइरसकै कारण थाइल्याण्डमा २० जनाको मृत्यु भइसकेको छ भने दुई हजारभन्दा बढीमा संक्रमण देखिएको छ । -एजेन्सी

वि.सं.२०७६ चैत २४ सोमवार ०५:१४ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...