back
NMB ad

अब राहत वितरणको फोटो खिच्न नपाइने !

Kumari bank ad

स्याङ्जा । वालिङ नगरपालिकाले राहत तथा व्यवस्थापन कार्यविधि लागू गरेको छ । नगर कार्यपालिका, सर्वदलीय र सर्वपक्षीय बैठकले ‘कोभिड–१९ (कोरोनाभाइरस) राहत वितरण तथा व्यवस्थापन कार्यविधि–२०७६’ निर्माण गरी लागु गरेको हो ।

जसमा राहत तथा व्यवस्थापन कार्यक्रमको कुनै पनि फोटो खिच्ने/खिचाउने जस्ता कार्य गर्न नपाइने उल्लेख गरिएको छ ।  संदेनशील घडीमा मानवीय संवेदनलाई मध्येनजर राख्ने भन्दै सो निर्णय गरिएको हो ।

समाचार तथा सामाजिक सञ्जालमा प्रचार–प्रसारले मानिसको मौलिक अधिकारमाथि ठाडो हस्तक्षेत रोक्नका लागि फोटो नखिच्ने निर्णय गरिएको हो ।

वालिङ नगरपालिकाको नगर विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन–२०७५ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी कार्य्विधि बनेको हो । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा १०२ स्थानीय तहलाई आवश्यक कार्यविधि निर्माण गरी लागू गर्ने अधिकार दिइएको छ ।

कोरोना संक्रमणको असहज परिस्थितिमा दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति तथा लकडाउनका कारण दैनिक गुजारा चलाउन नसकेका ब्यक्तिहरुलाई लकडाउन अवधिमा जीवनयापनका लागि अत्यावश्यक दैनिक खाद्य सामग्री, जिन्सी, राहत प्याकेज उपलब्ध गराउँदा अब कार्यविधिअनुसार हुनेछ ।

राहत वितरण प्रक्रियालाई प्रभावकारी, विश्वासनीय तथा भीडभाडरहित बनाउँदै एकद्वार प्रणालीबाट राहत वितरण तथा व्यवस्थापन कार्य्विधि मार्गदर्शक हुने वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँणले बताए ।

वि.सं.२०७६ चैत २४ सोमवार १९:३४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...