back

एनआरएनले डेढ करोडको आवश्यक सामग्री सरकारलाई सहयोग गर्ने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र उपचारका लागि डेढ करोड बराबरको अवाश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।

सङ्घका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा हालै बसेको गैरआवासीय नेपाली सङ्घ कार्यकारी (एनआरएनए आइइएस) को बैठकले कोभिड–१९ राहत कोषमा जम्मा भएको र उठ्दै गरेको रकमबाट रु एक करोड ६२ लाख नेपाली रुपैयाँ बराबरको सामग्री खरिद गरी सरकारलाई हस्तान्तरण गर्ने निर्यण गरेको हो ।

उक्त सहयोग हस्तान्तरणपछि उठ्ने रकम भने विदेशमा नै बस्ने नेपालीको सहयोगका लागि राहतस्वरुप खर्च गरिने सङ्घले जनाएको छ ।सङ्घले कोरोनाको नियन्त्रण, रोकथाम तथा उपचारका लागि आवश्यक सहयोग गर्न विश्वभरका नेपालीमाझ आह्वान गर्दै आएको छ ।

बैठकले सङ्घ क्रियाशील सबै क्षेत्रमा कोभिड–१९का विरुद्ध लड्न समिति बनाएर, नेपालीलाई सहयोग गर्न, भएका गतिबिधि र घटना समेत अपडेट गर्न क्षेत्रीय संयोजक (आरसी) लाई निर्देशन दिएको छ ।

यसैगरी नेपाल सरकारका विदेशस्थित रहेका मिशन, राजदूतावासका प्रतिनिधि रहने, सम्पूर्ण सङ्घ, संस्था र प्रतिष्ठित र सम्बन्धित व्यक्तिको समेत प्रतिनिधित्व हुने गरि समिति बनाउने निर्णयसमेत गरेको छ ।

सोही समितिले सहयोग र उद्धारका लागि काम गर्न नेपाल सरकारसँग प्रस्ताव गर्नेछ । यसका लागि पहल गर्न सङ्घका अध्यक्ष पन्तलाई जिम्मेवारी दिएको सङ्घका सूचना तथा सञ्चार उपसंयोजक कृष्ण केसीले जानकारी दिए ।

एनसिसी साइप्रसको नेपालीलाई राहत ‘प्याकेज’

यसैबीच, गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् (एनसिसी) साइप्रसले कोरोना भाइरसका कारण अप्ठयारोमा परेका त्यहाँ निवासी नेपालीलाई खाद्यान्नलगायत उपभोग्य वस्तुसहितको राहत ‘प्याकेज’ दिने भएको छ ।

विभिन्न पेशा व्यवसायको सिलसिलामा साइप्रसमा रहेका नेपालीलाई त्यहाँस्थित नेपाली नियोगको रहोबरमा राहत वितरण गर्न लागिएको उनले जानकारी दिए ।

कोरोना भाइरसको रोकथाम तथा निराकरणको लागि साइप्रसले आगामी अप्रिल १३ सम्मको लागि लकडाउन घोषणा गरेको छ । लकडाउनको अवस्थामा नेपाली कामदार र विद्यार्थीलाइ खाद्यान्नलगायतमा समस्या परेको सङ्घले जनाएको छ ।

एनआरएनए साइप्रसलगायत त्यहाँ रहेका स्थानीय संस्थाले अतिजोखिममा परेका विद्यार्थी तथा आयश्रो नभएका नेपालीलाई लक्षित गर्दै राहत प्याकेजको घोषणा गरेको छ ।

राहत प्याकेज अप्रिल ८ तारिख बाटै वितरण गरिने छ । राहत प्याकेजमा चामल, दाल, चाउमिन, आलु, प्याज, तेल, सोयाविनलगायत छन् ।
अति जोखिममा परेका विद्यार्थीले गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद साइप्रसको फेसबुक म्यासेन्जरमा आफ्नो सबै विवरण पेश गर्नु पर्नेछ । -रासस

वि.सं.२०७६ चैत २५ मंगलवार १५:३४ मा प्रकाशित

You can share this post!

सर्वसाधारणलाई भोलीदेखि २० हजार कित्तासम्म भर्न पाईने आईपीओ निष्काशन हुँदै, कहिलेसम्म दिने आवेदन ?

सर्वसाधारणलाई भोलीदेखि २० हजार कित्तासम्म भर्न पाईने आईपीओ निष्काशन हुँदै, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७९ माघ २२ आइतवार १६:०४

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले भोली अर्थात माघ २३ गतेदेखि...

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

वि.सं.२०७९ माघ २२ आइतवार १५:५३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको...

आइएमई पेको मन्थ अफ लभ अफर

आइएमई पेको मन्थ अफ लभ अफर

वि.सं.२०७९ माघ २२ आइतवार १५:४१

काठमाडौं । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको...

के भयो आज निफ्राको सेयर ?

के भयो आज निफ्राको सेयर ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:३३

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड...

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

नेप्सेमा नेपाल एसबिआई बैंकको ऋणपत्र सूचीकरण खारेज

वि.सं.२०७९ माघ २२ आइतवार १५:२५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एसबिआई बैंक लिमिटेडको ऋणपत्र...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

वि.सं.२०७९ माघ २२ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकले...