back
NMB ad

आइसोलेसनमा रहेका बिरामीको मृत्यु

Kumari bank ad

कपिलवस्तु । कपिलवस्तु अस्पतालको आइसोलेसन वार्डमा रहेका एक बिरामीको सोमबार राती मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका वडा नं. २ का ३० वर्षीय गोवर्धन भर रहेको अस्पतालले जनाएको छ ।

मृतक भरलाई कोरोना भाइरसको लक्षण देखिएपछि ३ दिनदेखि आइसोलेसन वार्डमा राखी उपचार गरिँदै आएको थियो । मृतक भर क्षयरोगको बिरामी समेत थिए ।

क्षयरोगको लामो बिरामी, निमोनिया र फोक्सोमा समस्याका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको स्वाब परीक्षणका लागि पठाइएको रिर्पोटमा कोरोना भाइरस नेगेटिभ रहेको अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर बन्जाडेले बताए ।

मृतक भरले विगत ३/४ वर्षदेखि क्षय रोगको औषधि सेवन गर्दै आएका थिए ।  पटकपटक बिरामी हुने गरेका भरलाई पछिल्लो पटक अधिक ज्वरो आएपछि बहादुरगंज स्थित शिवराज अस्पतालमा उपचार गरी थप उचारका लागि चन्द्रौटा स्थित निजी स्वास्थ्य संस्थामा लगिएको थियो ।

चन्द्रौटामा भरलाई अधिक ज्वरोसहित कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि कपिलवस्तु अस्पतालको आइसोलेसन वार्डमा राखी उपचार थालिएको थियो । आइसोलेसन वार्डमा उपचारकै क्रममा उनको मृत्यु भयो ।

मृतक भरको परिवारको आर्थिक अवस्था निकै कमजोर छ । परिवारमा काजक्रिया गर्ने सम्मको पैसा नभएको मृतक भरकी पत्नी चम्पा भरले बताइन् ।

मृतक भरको शवलाई घरसम्म र्पुयाउनका लागि एम्बुलेन्स वा शव वाहनको भाडासम्म तिर्ने पैसा नभएपछि आफन्तजनले गाउँकै एक टेम्पु खोजेर शव घरसम्म र्पुयाएका छन् ।

आफूसँग भएको ४/५ हजार रुपैयाँ श्रीमान्को औषधी उपचारमै सकियो, मृतक भरकी पत्नी चम्पाले भनिन्, ’पतिको मृत्यु भइहाल्यो अब काज क्रिया कसरी गर्ने ? परिवार कसरी पाल्ने ? त्यो मेरो लागि ठूलो समस्या भयो ।’

वि.सं.२०७६ चैत २५ मंगलवार १८:२२ मा प्रकाशित

You can share this post!

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...