धादिङ । धादिङको थाक्रे गाउँपालिकाले पनि एसईई परीक्षाको तयारीमा बसेका विद्यार्थीहरुका लागि (एसईई पाठशाला) सञ्चालन गर्ने भएको छ ।
कृषि रेडियोले उत्पादन गर्ने पाठशाला कृषि रेडियो, रेडियो राजमार्ग र रेडियो मान्खुवाट एकसाथ प्रसारण हुनेछ । हरेक दिन बिहान सवा ९ बजेदेखि १० बजेसम्म, दिउँसो सवा १२ देखि १ बजेसम्म, दिउँसो सवा ३ देखि ४ बजेसम्म र वबेलुका सवा ५ बजेदेखि ६ बजेसम्म प्रशारण हुने कृषि रेडियोका स्टेशन म्यानेजर सरोज पौडेलले जानकारी दिनुभयो ।
वि.सं.२०७६ चैत २८ शुक्रवार २०:२८ मा प्रकाशित