back
NMB ad

तीन घण्टादेखि बालुवाटारमा मन्‍त्रिपरिषद्‍ बैठक : यस्ता छन् एजेन्‍डा

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन घण्टादेखि मन्त्रिपरिषद्को बैठक चलिरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण, रोकथाम र लकडाउनको विषयमा निर्णय गर्न बसेको मन्त्रिपरिषद् बैठक लम्बिएको हो ।

मंगलबार बिहान ११:३० मा सुरु भएको बैठक अहिलेसम्म जारी छ। बैठकको प्रमुख एजेन्डा लकडाउनको समय थप गर्ने रहेको छ । यसअघि सरकारले वैशाख ३ गते राति १२ बजेदेखिसम्म लकडाउन गर्ने निर्णय गरेको थियो।

सरकारले चैत ११ गतेदेखि पटकपटक गरेर बुधबारसम्म लकडाउनको निर्णय गरेको हो । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा लकडाउन अवधि थप गर्ने तयारी सरकारले गरेको छ। भारतमा आजैमात्र वैशाख २१ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

भारतसँग खुला सीमा रहेकाले भारतको निर्णयको प्रभाव नेपालमासमेत पर्ने देखिन्छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ भने मृतकको संख्या तीन सय नाघेको छ। नेपालमा अहिलेसम्म १४ जनामा संक्रमण पुष्टि भएको छ ।

वि.सं.२०७७ वैशाख २ मंगलवार १४:२४ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...