काभ्रे । काभ्रेमा र्यापिड परीक्षणको क्रममा दुईजनामा कोरोना ‘पोजिटिभ’ देखिएको छ । मंगलबार काभ्रेको बेथानचोक गाउँपालिकाका एक र मण्डनदेउपुर नगरपालिकाका एकजनार्मा यापिड डाइग्नोस्टिक परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो ।
उनीहरू दुवैको स्वाब परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ ।बेथानचोकका युवा चैत ९ गते भारतबाट र मण्डनदेउपुरका युवा चैत ७ गते दुबईबाट आएको बताइएको छ ।
वि.सं.२०७७ वैशाख २ मंगलवार १९:०९ मा प्रकाशित