back

तराई, पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भइसक्यो : मुख्यमन्त्री राई

Kumari bank ad

विराटनगर । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताउनु भएको छ ।

बुधबार प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शनको सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले योजना संकलन, छनोट, कार्यान्वयन र तर्जुमाको वैज्ञानिक आधार बनेको बताउनुभयो ।

उहाँले यस अघि योजना संकलन, छनौट र तर्जुमा गर्ने आधार नहुदा व्यक्तिगत सम्बन्ध र प्रभावका आधारमा योजनाहरु बन्ने र कार्यन्वयनमा समस्या भएको उल्लेख गर्दै दिग्दर्शनले योजना कार्यान्वयनको पारदर्शीता र योजनाबद्ध विकासलाई सघाउ पु¥याउने बताउनुभयो ।

सरकारले चाहेको आर्थिक संमृद्धिका लागि प्रभावकारी योजना चाहिने र प्रभावकारी योजनाका लागि विभिन्न प्रकारका मापदण्डहरुको पालना गर्नुपर्ने बताउँदै मुख्यमन्त्री राईले यो दिग्दर्शनले त्यसका लागि वैज्ञानिक आधारहरु तयार गरेको बताउनुभयो ।

उहाँले अहिले कोभिड १९ ले गर्दा समग्र अर्थतन्त्रमा असर परेको र आगामी वर्षको योजना निमार्णमा यसले कस्तो असर पार्छ भन्ने यकिन नभएका कारण चुनौती थपिएको बताउँनुभयो । अर्थतन्त्रमा यसले पार्ने असर र त्यसको सामाना गर्दै गर्नुपर्ने समुचित विकासका लागि समेत यो दिग्दर्शनले आधार तयार गरेको उहाँको भनाइ थियो ।

अहिले कोरोना भाइसरका कारण देश लकडाउनमा भएकाले विकासका कामहरु ठप्प भएकाले अत्यावश्यक योजनाहरुलाई सामाजिक दुरी कायम गरेर अगाडि बढाउने तयारी गरिरहेको समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले अहिलेको अवस्थामा विकास बजेट काटेर कोरोना कोषमा हाल्नु पर्ने अवस्था नरहेको बताउनुभयो ।

यस वर्षको विकास बजेटलाई कोरोनाले प्रभाव नपार्ने बताउँदै त्यसका लागि अन्य विभिन्न क्षेत्रको बजेट रोक्का गरिएको बताउनुभयो । भोलिका दिनमा कोरोनाले अर्थतन्त्रमा पार्नसक्ने प्रभावलाई मध्यजनर गर्दै बेरोेजगारी, खाद्यान्न संकट, उद्योग व्यवसायको संकटबाट ध्यान पु¥याउनुपर्ने अवस्था आउनसक्ने बताउनुभयो ।

वि.सं.२०७७ वैशाख ३ बुधवार १८:३२ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...