back
NMB ad

प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्यामा वृद्धि, बुधबारसम्म ५५५ जनाको परीक्षण

Kumari bank ad

विराटनगर । प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ ।

ल्याबमा गरिने परीक्षण(पीसीआर) र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिर्पोट नेगेटिभ आएको छ । जम्मा ८ सय ३९ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको थियो । पीसीआरतर्फका १८ जनाको रिर्पोट आउन बाँकी छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार सबैको परीक्षण नतिजा नेगेटिभ छ । अर्थात कसैमा कोरोना रोगको संक्रमण देखिएको छैन । आरडीटी विधिबाट ७६ महिला र ४ सय ७९ पुरुषको नमुना परीक्षण गरिएको छ ।

यसैगरी पीसीआर विधिबाट प्रदेश १ मा बुधबारसम्म जम्मा २ सय ८४ जनाको नमुना परीक्षण गरिएको छ । जसमा ५० महिला र २ सय ३४ पुरुष छन् । प्राप्त नमुनामध्ये २ सय ६६ को रिर्पोट आएको छ । ती सबै नेगेटिभ छन् । परीक्षण गरिएकामध्ये ४२ महिला र २ सय २४ पुरुष छन् । १८ जनाको रिर्पोट आउन बाँकी छ ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ ।
गत शनिबारबाट प्रदेश १ का क्वारेन्टाइनबाट नमूना परीक्षण गरी द्रुत गतिमा परीक्षण शुरु भएको हो ।

प्रदेश सरकारद्वारा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको प्रबन्ध भएको गरिएको छ । यसैगरी विराटनगरको कोशी अस्पतालमा स्थापना गरिएको ल्याबबाट पनि परीक्षण शुरु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बुधबारसम्म कूल ५ सय ६५ जना छ । जसमा ६२ महिला र ५ सय ३ जना पुरुष छन । तीमध्ये २५ जना डिस्चार्ज भएका छन् ।

आइसोलेसन बेडमा भने १० जना छन् । होम क्वारेन्टाइनमा ६सय २७ महिला र ३ हजार ९२ पुरुष गरी जम्मा जम्मा ३ हजार ७ सय १९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या हरेक दिन बढ्दो क्रममा रहेको देखिएको छ ।

वि.सं.२०७७ वैशाख ३ बुधवार १८:३६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...